Tuesday 21st July 2026

प्रचण्डले एमाले हेडक्वाटरमा गरेको बमबाडीबाट माधव नेपाल उडे


तोयानाथ उपेक्षित, तीतोपाटी – नेकपाको राजनीतिसँग सि जिंगपिंगको पार्टी पसेपछि उथलपुथल शुरु भयो भन्ने पनि छन । एमालेमा प्रचण्ड गाँसिएपछि गडबढ हुनु नै थियो भन्ने पनि छन् । यसो त नेकपादेखि एमालेसम्मको तनाव र ताण्डब हुनुमा ओली को दोष देख्नेहरुको पनि कमी छैन । मानसम्मानको भाग खोसिएको महसुस गरेका माधवको कुण्ठा पनि त्यतिकै जिम्मेवार छ । हरुवा बामदेवको छेरुवा दाउले पनि त्यसरी नै भूमिका खेल्यो भन्दा अतिशोयुक्ति नहोला । अब त बामदेवले जीवनमा एक पटक प्रम बनौला भनेर देखेको सपना पनि सदाका लागि नै सकियो । समग्रमा भन्नु पर्दा सत्ताको उन्माद, व्यक्तित्वको टकराब र बाह्य शक्तिका गोटी भएका हाम्रा नेताहरुमा दुरदर्शिताको खडेरी देखियो । नेताहरु नाङ्गै भएर नेपाली जनताका सामु रत्याउली नै खेले यसपाली । माधव नेपाललाई विदा गरेपछि यी सवै कुरा एक हिसावले अन्त्य भए जस्तो छ । प्रचण्डको योजना मुताविक पनि काम भएन । एमाले ठुलो क्षति हुनवाट बच्यो । एमाले हेडक्वाटरमा प्रचण्डले गरेको बमबाडीबाट मात्र माधव नेपाल उडे । उनीसँग पछि लागेका अरुको भने राष्ट्रिय राजनीतिमा खासै हिसाव हुँदैन ।

माथि उल्लेखित कुरा सतहका विषय हुन गाठी कुरा यी होईनन्। नेकपाभित्र रणसंग्राम हुनुका पछाडी विआर आई हो, ईन्डोप्यासिफक हो, हिन्दुजम हो । भारतिय कुदृष्टि हो । युरोपियन ईन्टेन्स हो भनेर विश्लेषण गर्नेहरु पनि छन । ती कुरामा पनि त्यतिकै तागत छ । आन्तरिक कलहमा जो कोही खेल्छ यो स्वभाविक हो । मुख्य कुरा त यीनै नेताहरुको विवेक कति कमजोर रहेछ भन्ने नै हो ।। कर्ता अरु नै भए पनि दास भने हाम्रा नेताहरू पक्कै हुन । रणनीति जसको जे भए पनि सेटिंग नबुझि मैदानमा उत्रने खेलाडी हाम्रा नेताहरु नै हुन । अर्थात समग्र नेताहरु र कार्यकर्ताहरु नै नेपालको बरबादीका कारक तत्व हुन भन्ने देखिएको छ । एकले अर्कोलाई दोष दिने र जिम्मेवारी नलिने संस्कृति भएका नेपाली नेता तथा कार्यकर्ताहरु नसुध्रिएसम्म देशको भलो हुनेवाला छैन र यिनीहरू त्यति सजिलै सुध्रनेवाला पनि छैनन् ।

राजनैतिक दललाई जुटाउने र फूटाउने खेल बाहिरबाट नै हुने गरेको छ । नेपालको अदालतसमेत बाहिरी ईशरामा नै चल्ने गरेको छ । यहाँ जे जे हुन्छन त्यो त सवै अन्तैबाट रचिएका षडयन्त्र हुन र अभिनय नेपाली अनुहारका छद्यम भेषी कुपात्रले गर्ने गर्दछन । नेकपाको विभाजन पछि एमाले भित्र लामै रडाको मच्चिएर बल्ल थच्चिएको छ । उचालिनेहरु हिजो र आजमा कुनै बदलाब बिनै थचारिनुले त्यही कुरा संकेत गर्दछ । उनीहरुको मुल निसाना ओली थिए तर ढाल्न सकेनन् । बरु आफ्नै पितामह माधव नेपालको बलि चढाएर उनीहरु फर्किए ।
माधव नेपाल प्रचण्डलाई मान्छन यो ओलीको रिसको उपज हो । उनको नेतृत्वमा उनी गोलबद्ध हुन तयार भएर नै बाहिरिएका हुन भन्नेमा शंका गरिरहन पर्दैन । तर उनलाई समर्थन गर्दा गर्दै पनि उनीसँग सती जान नसकेका मध्यममार्गी भनिएका एमाले नेताहरु प्रचण्डलाई नेता मान्न तयार भएनन् त्यहि भएर माधव नेपाललाई मन नहुँदा नहुदै छाड्न बाध्य भएका देखिन्छ । दश बुदे त एउटा फगत बहाना थियो । फेस सेभिंगका लागि राम्रै काम लाग्यो ।

एमालेबाट जत्रो शक्ति माधव नेपालका पछि लागेर गयो त्यति नै ठुलो शक्ति माओवादीबाट बादल र टोप बहादुरहरुको नेतृत्वमा एमालेमा आएको छ । यसरी हेर्ने हो भने एमाले क्षति हुन बाट बल्लतल्ल बच्यो  तर अन्तरघुलन हुन समय लाग्न सक्ने देखिन्छ । एमालेका मध्यपन्थीहरु र माओवादीबाट एमाले भएकाहरुलाई मिलाएर सँगै लाने चुनौती अध्यक्ष केपी ओलीलाई छ । माओवादीबाट आएकाहरुले ओलीको धेरै तावेदारी गर्न पछि पर्ने छैनन भने एमालेमै जिवन गुजारेर पनि आफ्नो अध्यक्षलाई हिजो सम्म गाली गरेकाहरुले माधव नेपालको अभावमा झडकेलो छोराको झै नियती हुने हो की भन्नेमा जहिल्यै शसंकित रहन सक्छन । यी यावत मनोविज्ञानलाई समायोजन गर्ने चुनौतिलाई ओलीले मिलाउन नसके फेरी पनि एमालेमा रस्साकसी चलि नै रहने छ । जो जति लोकप्रिय हुन्छ उसको विरोध त्यति नै चर्को विरोध हुनु सामान्य कुरा हो । ओलीको विरोधमा नेपालका मुलधार भनिएका सवैजसो मिडिया धोती सुर्केर लागि नै रहेका छन । मानवअधिकारीवादी भन्ने अधिकांशले त्यसै गरेका छन । यसका बाबजुद ओलीको पक्षमा जनधार खस्केको छैन । यसो हुनु भनेको ओलीले देश र जनताको पक्षमा गरेको राम्रो कामको परिणाम नै हो । चुनावमा जान यति कुरा बुझेका ओली सुरिएका छन उता चुनावबाट प्रचण्ड र शेर बहादुर देउवा डराएको देखिन्छन । हाक्का हाक्की एमाले फुटाउने विधेयक जसरी प्रस्तु भयो त्यो नै उनीहरुको एमाले फोवियाको उपज थियो भनेर प्रष्ट बुझिन्छ ।

जनताले यी सवै कुराहरु हेरिरहेका छन । आजको समयमा कोही लाटा छैनन । ओलीले आफ्नो कार्यकालमा गरेको काम नै उनको पार्टीको शान हो भन्ने कुरामा प्रचार हुन सकेन । प्रचार भन्दा धेरै कुप्रचारले एमालेलाई निक्कै क्षति पुर्याएको पनि छ तर अब मध्यमार्गीहरु ले विगत कोटयाएर अलमल गरेनन भने र सरकारको राम्रो कामको प्रचार गर्न हिजोको संकिर्णतालाइ निकालेर फालेछन भने आगामी चुनावसम्म एमालेले एउटा राम्रै पोजिसनमा आफूलाई उतार्ने छ । माधव नेपालको सामु भने प्रचण्डसँग विलय हुनुको कुनै विकल्प छैन । त्यहाँ गएका सवै जसो नेताहरुलाई एमालेमा आउ भने पनि आउने अवस्थामा छैनन् । किनकी पछि मिल्नै नसकिने गरी हिजो उनीहरुले छारस्टै बोलेका छन् ।


सम्बन्धित शीर्षकहरु

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

आज जनताको व्यापक विरोधपछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क (कर) हालका लागि लागू…

स्पेनले उपाधि जितेसँगै फिफा विश्वकप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। तीन आयोजक राष्ट्रमा आयोजित प्रतियोगितामा ४८ टोली, १०४ खेल…

प्रतिकृयाहरू
...