Wednesday 5th August 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य विधामा भव्य रूपमा सम्पन्न


तीतोपाटी – चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य श्रृंखलाको रूपमा आज २०७८ भाद्र ९ गते भव्य रुपमा सम्पन्न गरिएको छ ।

चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता, बरिष्ठ हाँस्य व्यङ्ग्यकार सिस्नाे पानी नेपालका सस्थापक अध्यक्ष कृष्ण मुरारी गाैतमकाे प्रमुख आतिथ्यता एवं डा. बम बहादुर थापा ‘जिताली’, कलानिधि दाहाल, पुरुषाेत्तम सिग्देल, डम्बर घिमिरे, गंगा लिगल लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्काेटा ढकालको उद्घाेषणमा ६७औं हाँस्य व्यङ्ग्य श्रृङ्खला भव्य रुपामा सम्पन्न भयाे ।

उक्त कार्यक्रममा खगेन्द्र बस्याल, ललिता दाेषी, निर्मल पराजुली, शारदा आचार्य, टेक बहादुर लाैडारी, लक्ष्मी प्रसाद मिश्र’ चन्द्रावतीअधिकारी, द्वारिका कुईकेल, उर्मिला पन्त, आर्त अकुलीन, दुर्गा अधिकारी, शाेभा कडरिया, चन्द्रा न्याैपाने, कल्पना देवकाेटा, चन्द्रकला अधिकारी, चुडा निर्भिक, वीर बहादुर लाेहनी, शुरेश घिमिरे, जानुका थापा, वसन्त अनुभव, सरस्वती राना, गंगा अभिलाषी, विष्णु दाहाल, विनु बाबा घिमिरे लगायत ३३ जना साहित्यकारहरूले आ-आफ्ना रचना खाेरिया, गजल, मुक्तक, कविता र प्याराेडी हाँस्य व्यङ्ग्य रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।

प्रमुख अतिथि गाैतमले काेभिडले मानसिक राेगी, डिप्रेशन भएकाे बेला चन्द्रागिरीकाे याे कार्यक्रम ज्यादै रसमय बनेकाे बताउनु भयाे ।बरिष्ठ साहित्यकार बम बहादुर थापाले चन्द्रगिरिकाे यस विधागत गरिएकाे कार्यक्रम फलदायी रहेकाे उल्लेख गर्नु भयाे ।कलानिधि दाहालले राज्य निरङकुस हुँदा व्यङ्ग्यकाे अर्थ रहन्छ ।स्वतन्त्रतामा व्यङ्ग्य कमजाेर हुन्छ भन्नु हुँदै भेडाहरूकाे जुलुस निस्केकाे छ भेडाकाे जुलुसमा झण्डा हुँदैन भन्ने व्यङ्ग्य रचना सुनाउनु भयाे । कार्यक्रमकाे अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले चन्द्रगिरीले विधागत, विषयगत र पर्व विशेष गाेष्ठी गर्दै आएकाेमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जाेडिनु भएकाेमा खुशी व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...