Monday 23rd February 2026

कुवेतमा कोरोनाविरूद्धको खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा बढी


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन ।

७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ ।

मन्त्री डा.बसेल अल सबाहले सबै मेडिकल, टेक्निकल र स्वैच्छिक टोलीका साथै सबै राज्य निकायहरूले गरेको सहयोगको प्रशंसा गर्दै उनले भने लक्षित क्षेत्रहरुलाई सेवा प्रदान निरन्तर दिने र सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन र कोभिड-१९ को खोपका लागि दर्ता गर्न आग्रह गरे। मन्त्री डा.बसेल अल सबाहले राम्रो परिणामका साथ यस महामारीबाट बाच्नको लागी खोप आवश्यक रहेको जनताले बुझी सकेको जनाएका छन।

यसै बीच हिजो मन्त्रिपरिषद्लाई कोभिड १९ महामारीको बीचमा देशको स्वास्थ्य स्थितिबारे स्वास्थ्य मन्त्री शेख डा. बस्सेल हुमाउद अल सबाहले जानकारी गराएका थिए। त्यसै क्रममा मन्त्रीले कोरोनाभाइरस सम्बन्धी मृत्यु, संक्रमण र अस्पतालमा भर्ना हुने क्रम लगातार कमी हूदै आएको उल्लेख गर्दै निको हुने दर ९८.३ प्रतिशत सम्म पुगेको बताए।


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...