Friday 13th March 2026

चितवनको क्रिकेट रंगशाला निर्माण तथा बुटवलका अनाथ, अपांगहरूको सहयोगार्थ संकलित सहयोग अभियान समापन गरिदै


तीतोपाटी – कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीको पहलमा गत अप्रिल महिनाबाट शुरू भएको क्रकेट रंगशाला निर्माण तथा बुटवलको अपांग आश्रमका अनाथ, अपांगहरूको सहयोगार्थ संकलित आर्थिक  सहयोग अभियान समापन गरिने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती कुवेतका युवा संयोजक समेत रहेका पराजुलीले तीतोपाटी सँग कुरा गर्दै देश निर्माणमा स्वदेश तथा परदेश जहाँ रहेका नेपाली भए पनि उत्तिकै जिम्मेवारी र दायित्व हुने भएकोले विदेशमै बसेर भए पनि खेलकुदको क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र बुटवलमा रहेको नेपाल अपांग आश्रम देवीनगर बुटवलका अनाथ अपांगहरूको सहयोगार्थ आफ्नो प्रयासमा रकम संकल गरेकोमा भोली २६ अगष्ट २०२१ को साँझ ५ बजेबाट सहयोग संकलन अभियान समापनि गरिने जनाएका हुन्।

हाल नेपालमा निकै चर्चाको शिखरमा रहेको विषय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । भौगोलिक दृष्टिले नेपालको केन्द्रविन्दु रहेको चितवन जिल्लाको भरतपुर ( १६ मा निर्माणाधिन अबस्थामा छ । करिब ३ अर्ब लागतमा धुर्मुस सुन्तली फाउन्डेसनले दाताहरूको सहयोगमा यो रंगशाला बनाउन लागेको हो । रंगशाला बनाउनका लागि लाग्ने झण्डै २१ विगाह जग्गा त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको छ भने रंगशाला बनाउन स्वदेश तथा विदेशबाट संघ संस्था तथा व्यक्ति विशेषबाट सहयोग संकलन कार्य पनि जारी छ ।

त्यसै गरि सीमित श्रोत साधनबाट व्यक्तिगत रूपमा संचालित भइ आर्थिक अभावमा गुज्रिरहेको नेपाल अपांग आश्रम देवीनगर बुटवलमा रहेका अनाथ तथा अपांगहरूको दयानिय अस्था चित्रण गरेर सामाजिक संजालमा भिडियो आएपछि उक्त आश्रमका अनाथ तथा अपांगहरूको सहयोगार्थ समेत सहयोग संकलन अभियान चलाएको बताउने पराजुलीले कुवेतमा रहनु भएका सबैमा मानविय सेवाको लागि सहयोग गर्न चाहनुहुन्छ भने अझै पनि २४ घण्टा भन्दा बढि समय छ भन्दै इच्छुक दानवीर सहयोगी मनहरूले आफूलाइ सिधै फोन नं. ५०६१६८९५ वा फेसबुक, इमो, भाइवर, ह्वाटसएप लगायतका सामाजिक संजालमार्फत सम्पर्क गरि सहयोग गर्न पनि सकिने जनाउँदै भोली साँझ संकलित रकम नेपाल पठाइने जनाएका छन् ।

संकलित रकम सम्बन्धित ठाउँमा नै गएर हस्तान्तरण गरिने कार्यक्रम रहेको पनि पराजुलीले तीतोपाटी सँगको कुराकानीमा बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...