Thursday 8th October 2026

खोरिया साहित्य प्रतिष्ठानको हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब भव्य रुपमा सम्पन्न


तीतोपाटी – खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज  २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ ।

खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा ‘जिताली’को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी शोभा कडरिया ज्यूको कुसल उद्घोषणमा खोरिया विशेष हास्य व्यङ्ग्य कार्यक्रम भव्य रुपामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा दुर्गा अधिकारी रिमाल,चन्द्रकला अधिकारी,चन्द्रावतीअधिकारी,द्वारिका कुईकेल,उर्मिला पन्त,आर्त अकुलीन,बिनु बाबा घिमिरे,शोभा कडरिया,आर्त अकुलिन,नारायण खनाल,लक्ष्मी बस्याल,शुरेश घिमिरे,सरस्वती श्रेष्ठ(इटहरी)घनश्याम पौडेल,जानुका थापा,चन्द्रा न्यौपाने,लगायत साहित्यकारहरूले खोरिया विशेष हास्य व्यङ्य आ-आफ्ना रचना वाचन गर्नु भइ सम्पन्न गरिएको थियो ।

खोरिया,कविता,मुक्तक,उदक,सुसेली रचना मार्फत राज्य शासनमा देखापरेको विकृति प्रतिको व्यङ्ग्य रचनाहरू केन्दित थिए । खोरियालाई तिजको भाकामा पनि परस्तुत गरिएको थियो । बरिष्ठ साहित्यकार बम बहादुर थापाले वाचित रचनाको संक्षिप्त एक मुष्ठ टिप्पणी गर्नु हुदै कार्यक्र ज्यादै उत्कृष्ठ रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया प्रवर्तन गर्र्ने मौका पाएर यसमा पूर्व झापा देखि पश्चिम कन्चनपुर सम्मका वरिष्ठ साहित्यकारहरूले कलम चलाउनु भएकोले नेपाली साहित्य आकाशमा खोरियाले उज्यालो प्रकाश भर्न सफल भएको भन्नु हुँदै आफ्ना ४ खोरिया प्रस्तुत गर्नु भयो र सम्पूणर्मा धन्यवाद ज्ञापन गर्नु हुदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...