Monday 30th March 2026

प्रवासी नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया (वेबिनार) हुँदै


दामोदर नेपाल-काठमाडौँ ।प्रवासमा रहेका नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३ तारिक सोमबारका दिन उक्त वेबिनार हुने भएको हो ।

नेपालको परराष्ट्र सम्बन्ध र त्यसको विकासका लागि विगतका केही वर्षहरुदेखि निरन्तर रुपमा काम गर्दै आईरहेको संस्था सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेण्ट (सिडिडी) र विगत लामो समयदेखि प्रवासमा रहेका नेपालीहरुको हक, हित र उद्धारमा निरन्तर आफ्नो सक्रियता देखाउँदै आईरहेको संस्था नेपाली प्रवासी एकता सञ्जाल (नेमुन) ले प्रवासी नेपालीहरुका समस्या सम्बोधनका लागि नीतिगत तहमा गर्नु पर्ने कामहरुका सम्बन्धमा अहिलेको वर्तमान परिस्थितिमा के कस्ता कार्यहरु अगाडि बढाउन सकिन्छ, प्रवासी नेपालीहरुका समस्याहरु के छन् ? ती समस्याहरुको समाधानका लागि सम्बन्धित सबै निकायहरुबाट के कस्ता प्रयासहरु भएका छन् र हुन सक्छन् आदि विषयहरुमा सम्बन्धित निकायहरुमा रही लामो समयदेखि कार्य गर्दै आउनु भएका विशिष्ट व्यक्तित्वहरु तथा ती विषयहरुका बारेमा जानकार अन्य विभिन्न व्यक्तित्वहरुको सहभागितामा जुम मार्फत भर्चुअल विधिबाट वेबिनार गर्न लागिएको आयोजक संस्थाले बताएका छन् ।

प्रवासी नेपालीहरुका लागि महत्वपूर्ण मानिएको उक्त वेबिनारमा प्रत्यक्ष सहभागी भई आफ्ना समस्याहरु राख्नुका साथै सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रस्तुत गरिने जानकारी समेत प्राप्त गर्नका लागि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई जुम मार्फत सहभागिता जनाउन आयोजक संस्थाले आह्वान गरेको छ ।

यही अगष्ट २३ तारिखका दिन नेपाली समय बेलुकी ५:३० बजेबाट शुरु हुने उक्त वेबिनारकार्यक्रममा सहभागिताका लागि जुम आइडी 83455181162 रहेको र पासकोड cddnepal रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...