Tuesday 7th May 2024

दुई लघुकथा सङ्ग्रह विमोचन गरी लघुकथा स्थापना दिवस मनाइयो


तीतोपाटी – तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस आज भाद्र ५ गते मनाइएको छ । लघुकथा दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथा सङ्ग्रह विमोचन गरेको छ ।

लघुकथा भाग दुईको प्रकाशक सिखा बुक पब्लिकेसन हो भने कमलको फूलको स्वयं हेमलता उप्रेती हुन।उक्त लघुकथा सङ्ग्रहहरुको लोकार्पण प्रमुख अतिथि लघुकथाकार रवीन्द्र समीरले गरेका थिए ।

विमोचित पाठशालाका लघुकथा २ को समीक्षा हरिप्रसाद भण्डारीले गरेका थिए भने कमलको फूलको समीक्षा शेखरकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा रवीन्द्र समीरले अबका दिनहरुमा विषय वा शैलीका माध्यमबाट लघुकथाकारहरुले पहिचान बनाउनुपर्ने कुरा बताएका थिए ।

त्यस कार्यक्रममा पाठशालाका भाग २ का चार कथा एडमिन दुर्गा वनवासी, सीता विष्ट कार्की, मन्दिर मधुश्री र खेमलाल पहारीले वाचन गरेका थिए भने कमलको फूलसङ्ग्रहबाट एक कथा गङ्गा दाहाल न्यौपानेले वाचन गरेकी थिइन् । वाचित कथाको समीक्षा अवतार ढकालले गरेका थिए ।

उक्त कार्यक्रममा पाठशालका व्यवस्थापक लता केसी, राजु क्षत्री अपुरो लगायत अनु विज्ञाति, सत्या अधिकारी, निर्मला बराल, रमेश सुवेदी, छविलाल खडका, प्रभादेवी पौडेल, इन्दिरा देवकोटा, करुणा ढकाल, वन्दना घिमिरे, मिसु श्रेष्ठ थपलिया, जयदेश श्रेष्ठ, अनुग्रह राना मगर, बि बि याक्ख्या, ऋषि तिवारी, सीता रेग्मी, इन्दिरा चापागाईँ, म्यामराज राई, ललिता दोषी, गीता चापागाई, सीता शर्मा, इन्दिरा गौतम, नारायण पौडेल, खगेन्द्र बस्याल, विष्णुप्रसाद उप्रेती, नवराज शर्मा, विरेन मालाकार आदिको उपस्थिति थियो ।

उक्त कार्यक्रम जुमका माध्यमबाट सञ्चालन गरिएको थियो । त्यस कार्यक्रम हाम्रो लघुकथा पाठशालाका एडमिन शुभ शर्माको सभाध्यक्षतामा व्यवस्थापक बिमुन्स पौडेलले सञ्चालन गरेकी थिइन् ।

पाठशालाका लघुकथा -२ मा १५१ जना लघुकथाकारहरूका लघुकथा समाबेस गरिएका छन् ।लघुकथाकारको नाम र लघुकथाको शीर्षक तल क्रमवद्ध रूपमा राखिएको छ ।

१- अङ्कुर चन्द – देखासिकी
२- अनुग्रह राना मगर ‘पुष्प’ – भनेको नमान्दा
३- अनु विज्ञाति – जान्नेसुन्ने
४- अप्सरा भट्टराई – अफसोस
५- अम्बिका खरेल उप्रेती – दशा
६- अल्पविराम पोखरेली – सावधान
७- अवतार ढकाल – पछुतो
८- आचार्य प्रभा – स्थगित पाइलाहरू
९- आत्मराम न्यौपाने – परिणाम
१०- इन्दिरा गौतम – रङ
११- इन्दिरा चापागाईँ – सुनको औँठी
१२- इन्दिरा देवकोटा – उपचार
१३- उज्ज्वल ढकाल – दसैँको सपना
१४- उमा सिजापती – सुरक्षा
१५- ऋषि तिवारी – युद्ध
१६- एकदेव अधिकारी – फूल र पात
१७- कणाद महर्षि – कसले पट्यायो ?
१८- डा. कपिल लामिछाने – स्यालको रोदन
१९-करुणा ढकाल – अबोध प्रश्न
२०- कल्याण पन्त – अस्पताल
२१- कवि क्षत्री – इतिहासविद्
२२- कात्यायन – अन्धा
२३- किशन पौडेल – खुसी
२४- कुमुदप्रसाद शर्मा – बादल
२५- कृष्ण बजगार्इँ – कुकुर ‘क’
२६- केशवमोहन अधिकारी – कुर्सी
२७- कोकिला चौधरी – नयाँ वर्ष
२८- कौशिला अधिकारी – बाढी पहिरो
२९-खगेन्द्र बस्याल – रहस्य
३०- खेमराज पोखरेल – जेल
३१- खेमलाल पहारी – लोग्ने
३२- गङ्गा आचार्य सापकोटा – उत्प्रेरणा
३३- गङ्गा खड्का – सोच
३४- गङ्गा दाहाल न्यौपाने – बदला
३५- गणेश नेपाली – सिंहदरबार
३६- गणेश वर्तमान – खुसी
३७- गम्भीर कमल (गोपाल खनाल) – इन्जिन
३८- गीता तिवारी – नयाँ सिरक
३९- गीता शर्मा चापागाईँ – रोजाइ
४०- चन्द्रप्रसाद न्यौपाने – वैचारिक परिवर्तन
४१- छविरमण सिलवाल – बिरामी
४२- छविलाल खड्का – आशीर्वाद
४३- जनक सिक्देल – कर्मको फल
४४- जयदेश श्रेष्ठ – मृतात्माको आशिष्
४५- जया शर्मा – अटेरी घुमन्ते
४६- टङ्कबहादुर आलेमगर – सराप्ने पुरस्कार
४७- टुकादेवी आचार्य – खुसी !
४८- डिलाराम आचार्य ‘इच्छुक’ – उपाय
४९- तुलसी पण्डित – ठेस
५०- त्रिपुरा पोखरेल खरेल – जड्याँहाको गफ
५१- त्रिलोचन ढकाल – माइकल
५२-दिनेश निरौला – हल्ला
५३- दिव्य गिरी – धर्मसङ्कट
५४- दीपक खनाल ‘अगम’ – जुत्ता
५५- दीप्स शाह – खतरा प्लट
५६- दुर्गा वनबासी सिवाकोटी – प्रसव
५७- देवीप्रसाद थापा मामा – भाउ
५८- धनराज गिरी -मौनता
५९- ध्रुव मधिकर्मी – अरू को ?
६०- नर पल्लव – सेरोगेट आमा
६१- नवराज शर्मा – नाक
६२- नारायण कोइराला – झन्डा
६३- नारायण खनाल ‘भावुक’ – आश्वासन
६४-नारायण तिवारी – महत्वपूर्ण
६५- नारायण पौडेल – कथाभित्रको कथा
६६- नारायणी पौडेल खनाल -त्रासको यात्रा
६७- निरज कोइराला – बिहे
६८- निर्मला बराल – बिर्खेको डर
६९- पार्थ गुरु – स्तरीय कथा
७०- पी.पी. कोइराला – पागल शिक्षक
७१- पुष्कर अथक रेग्मी – वरिष्ठ साहित्यकार
७२- डा. पुष्करराज भट्ट – सङ्घर्ष
७३- डा. पुष्पा के.सी. भण्डारी – अन्योल
७४- पौडेल बिमुन्स- सावधान
७५- प्रदीप क्षेत्री – रीति
७६- प्रभादेवी पौडेल – बुढो पिसाप
७७- प्रेम कमल सुनार – त्यो बाह्रौँ दिन
७८- प्रेम पुन मगर – सर्वज्ञानी
८९- बलराम पौडेल – स्वार्थ
८०- बाबुराम खपाङ्गी – सक्रिय कार्यकर्ता
८१- बाबुराम न्यौपाने‘उत्स’ – आधा आकाश
८२- बाबुराम पराजुली ‘अविरल’ – संस्कार र कर्तव्य
८३- बालकृष्ण गजुरेल – कुपात्र
८४- बी.पी. अपरिचित (विष्णु पौडेल) – करणी
८५- बी.बी. याक्खा – सजाय
८६- भरतकुमार भट्टराई – भुँडी
८७-मधुसूदनप्रसाद घिमिरे – गोष्ठीको उद्देश्य
८८- मनिशकुमार शर्मा ‘समित’ – भाकल
८९- मन्जु ज्ञवाली – सन्त्रास
९०- मन्दिरा मधुश्री – समानता
९१- ममता मृदुल – मित्रता
९२- मानसिंह धामी – मस्तिष्क मृत्यु
९३- डा. मित्र पाठक ‘काँचुली’ – सम्झना शक्ति
९४- मिलन समीर – उसको डायरी
९५- मिसु श्रेष्ठ – ओत
९६- मुक्ति गौतम – चुनावी चौका
९७- मुनाल पोखरेल – बिटुलो
९८- योगप्रसाद उपाध्याय चापागाईं ‘दिङ्गाली’ – चुँडेल
९९-रमेन्द्र कोइराला – इज्जत
१००- रमेश भट्टराई ‘पुजारी’ – तरिका
१०१- रमेशमोहन भट्टराई – थाँक्रो
१०२- रमेश सुवेदी पुरुष – अधिकार
१०३- डा. रवीन्द्र समीर – उत्तरोत्तर
१०४- रसुवाली कवि – अनुसूची काव्या
१०५- राजन पनेरू – ढुसी
१०६- राजन सिलवाल – अपराजित
१०७-राजु क्षत्री अपुरो – आशा
१०८- राजेश भट्टराई – पापको भोग
१०९- रामकुमार पण्डित क्षेत्री – लोग्नेमान्छे
११०- रामजी चौलागाईं – पारदर्शी हिसाब
१११- लक्ष्मण अर्यालव – अस्तित्व
११२- लक्ष्मण थापा – हिसाब
११३- लता केसी – बिहे
११४- लबी क्षत्री – जोस
११५- ललिता ‘दोषी’- तपाईँ जस्तो
११६- लीलाराज दाहाल – योग्यता
११७- लोचना अधिकारी – मोह
११८- वन्दना घिमिरे – ससेज
११९- डा. विदुर चालिसे – मिलनविन्दु
१२०- विश्वराज अधिकारी – गुमनाम मृत्यु
१२१- विश्वविश्रुत विकास – न्याय
१२२- विष्णुप्रसाद उप्रेती – पछुतो
१२३- शारदा घिमिरे भैल – मोड
१२४- शिव कोइराला – आफ्नै मृत्युको खबर
१२५- शुक्रराज कुँवर – ढर्रा
१२६- शुभ शर्मा – लगानी
१२७- शेखर अर्याल – सारङ्गी
१२८- शेखरकुमार श्रेष्ठ – दोस्रो पुस्ता
१२९- श्रीओम श्रेष्ठ‘रोदन’ – महानाटक
१३०- श्रीकृष्ण महर्जन -पसिनाको कमाइ
१३१-श्रीराम राई -उपचार पद्धति
१३२- सङ्गीता दाहाल – पैसा छाप्ने मेसिन
१३३-सत्या अधिकारी – उमङ्ग
१३४- समीर पाख्रिन – चिन्ता
१३५- सरस्वती श्रेष्ठ ‘सरु’ – ढोँगी
१३६- सरिता तुलाधर – दोधार
१३७- सरिता बराल क्षत्री – रित्तोघर
१३८- सरुभक्त श्रेष्ठ – आलु
१३९- सविता के.सी. – महिला पीडा
१४०- सीता रेग्मी -समय
१४१-सीता विष्ट कार्की ‘सीबिका’ -रणनीति
१४२-सीता शर्मा भुर्तेल – सन्तान
१४३-सुदन पन्थी – धर्म
१४४-सुधीरकुमार ‘सुमन’- चोरी
१४५-सुमन दाहाल -अर्ती
१४६-सुमन सौरभ – आशिष्
१४७-सुशीला सुवेदी पाठक – जुक्ति
१४८- हरिप्रसाद भण्डारी – कुर्सी
१४९- डा. हरिमोहन पोखरेल -विश्वासिलो मान्छे
१५०-हेम पोखरेल- रगतको नाता
१५१-हेमलता उप्रेती – सिस्टर


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...