Thursday 4th September 2025

एनआरएनए कुबेतको योजना- ट्राभल र मनि एक्चेन्जमा छुटको पहल, नेपालमा दुई प्रोजेक्ट


एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ कुबेत शाखा बीच भेटघाट सम्पन्न भएको छ।  एनआरएनए कुबेतका नबनिर्बाचित  कार्यसमितिका अध्यक्ष राना ध्वज लामा , उपाध्यक्ष माधव शाही, महासचिव दिल कुमार पाख्रीन, महिला संयोजक रमिता योन्जन, प्रबक्ता केशर घलान र सल्लाहकार लोमश बास्तोला सहितको प्रतिनिधि र पत्रकारहरु बीच भलाकुसारी सम्पन्न भएको हो । एनआरएनए कुबेतको नयाँ कार्य समिति चयन भएपछी भावी कार्ययोजना के छ त? आगामी दिनमा एनआरएनए र पत्रकार बीच आपसी सहकार्यमा अघि बढ्ने र बिभिन्न समस्या समाधान गर्न के कसरी सहज हुन्छ  भन्ने बिषयमा आपसी छलफल भएको थियो।

सो अवसरमा एनआरएनए कुबेतले अघि सारेका योजनाहरुको जानकारी गराउदै अध्यक्ष राना ध्वज लामाले हामीले सामुहिक कार्यलाई प्राथमिकता दिदै बिभिन्न उपसमिति गठन गरेका छौ।  जसले काम गर्न सहज होस् र सार्थकता पाहोस भन्ने हो, हामी हरबखत प्रबासी नेपालीको दुख पिडामा मलम लगाउन साथ् र सहयोगमा तत्पर छौ । तर समस्या बताउना साथ् एनआरएनएले एकै दिनमा समाधान गर्छ भन्ने जसरी कल आउने म्यासेज आउने दवाब आउने बताउदै अध्यक्ष लामाले समस्या पहिचान गर्न त समय चाहियो नी त्यस बारेमा बुझिदिन सबैमा आग्रह गरेका छन।   मुख्य समस्या केहो   पहिचान हुनासाथ एनआरएनएबाट गर्न सकिने भए तत्काल प्रक्रिया अघि बढाउने नत्र  नेपाली दुताबास, सम्बन्धित निकायमा समन्वय गर्दै समाधान गर्न तिर सक्रिय रुपमा लाग्ने छौ  उनले थपे ।

काम गर्दा हुनी कमि कमजोरी औल्याउँन पत्रकारहरुलाई आग्रह गर्दै कुबेतमा रहेका  ट्राभल एजेन्सी, मनि  एक्सचेन्ज, नेपाली रेस्टुरेन्टहरुमा एनआरएनए कुबेतको सदस्यता लिएका नेपालीलाई बिशेष छुटको ब्यबस्था मिलाउन आफुहरुले  अभियान शुरु गरेको बताउदै अनलाइन श्रम स्वीकृति, घर बिदामा गएका नेपालीहरुलाई सहज रुपमा कुबेत फर्किने बाताबरण बनाउन नेपाली दुताबास र समबन्धित निकायलाई समेत अनुरोध गरेको अध्यक्ष लामाले जानकारी दिएका थिए ।

महासचिव दिल कुमार पाख्रीनले  २०२१-२३ कार्यकालमा नेपाल २ वटा प्रोजेक्ट दिने सस्थागत निर्णय भएको जानकारी दिदै  शिक्षा र स्वास्थ्य केन्द्रित हुने र कार्यन्वन गरिने बताए धन्नै २ हजार माथि एनआरएनए को सदस्यता लिएका र  सिंगो कुबेतबासी नेपालीहरुलाई एनआरएनए आफ्नो महसुस हुने गरि कार्य गर्न आफुहरुले योजना बनाएको महासचिव पाख्रीनले बताए ।

सोही अवसरमा  पत्रकारहरुले विभिन्न विषयमा जिज्ञासा राख्दै आगामी दिनमा हातेमालो गरेर अघि बढ्न सुझाव  दिएका थिए भने   एनआरएनए कुवेतले गर्ने गतिबिधिमा सामेल गराएमा वा सुचना  उपलब्ध गराएमा सिंगो कुवेतबासी नेपालीलाई  जानकारी प्राप्त  गर्न सहज हुने बताएका थिए । अत्यन्तै    सकारात्मक रुपमा  सम्पन्न छलफलमा  नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा, सह-सचिव हरि बानियाको संचालनमा भएको थियो भने र उपाध्यक्ष राज मल्लले स्वागत गरेका थिए  ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (महेश श्रेष्ठ पक्ष)ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली अनलाइन पोर्टल मुलपत्र…

सुडानका लगातारको भारी वर्षापछि गएको पहिरोमा परि १ हजार जना भन्दा बढिको ज्यान गएको छ । गत अगष्ट ३१ मा…

प्रतिकृयाहरू
...