Sunday 19th May 2024

विश्व नेपाली साहित्य प्रतिष्ठानको लुम्बिनी प्रदेशका ८ जिल्ला समिति गठन


तीतोपाटी, भाद्र ०१ , काठमाडौ – विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अन्तर्गतका ८ जिल्ला समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । विनेसाप्र लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा सोमबार भएको भेलाले गुल्मी, बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र दाङ जिल्लाको कार्यसमिति पारित गरिएको हो । जिल्लागत भेलाले चयन गरेको नामलाई उक्त कार्यक्रमबाट अनुमोदन एवम् घोषणा गरिएको हो ।

भेलाले दाङ जिल्ला कार्यसमितिको अध्यक्षमा डा।कृष्णराज डी।सी।लाई चयन गरेको छ । त्यसैगरी युवराज डी।सी। र नागेन्द्रप्रसाद यादव उपाध्यक्ष, नीमबहादुर थापा सचिव, वसन्तराज अधिकारी सहसचिव, र छविलाल कोपिलालाई कोषाध्यक्षमा चयन गरेको छ । सदस्यहरुमा गङ्गानाथ कोइराला, रेशम वी।सी।, दीपक के सी, जयबहादुरभण्डारी, शर्मिला डीसी, राधेश्याम गुप्ता, वसन्त अनुभव, नमबहादुर नेपाली, बालगोविन्द चौधरी, कृष्ण पौडेल र अनिल यादव चयन हुनुभएको छ । सल्लाहकारमा साहित्यकारहरु तेजप्रसाद खनाल, जागेश्वर घिमिरे, हरेकृष्ण ज्ञवाली, जगतराम यादव र शेषमणि शर्मा रहनुभएको छ ।

त्यसैगरी पाल्पा जिल्ला अध्यक्ष रमा पन्त, उपाध्यक्ष जनक कार्की, सचिव आयाम कार्की, सहसचिव कमला न्यौपाने, र कोषाध्यक्ष सरिता रेग्मी चयन हुनुभएको छ । सदस्यहरुमा फणिन्द्र बस्याल, अमर भाट, सुनिता अधिकारी, आर बि निश्छल, गंगा न्यौपाने, सबिता भट्टराई रहनुभएको छ । समितिको सल्लाहकारहरुमा राम प्रसाद अर्याल र कृष्ण बहादुर थापा रहनुभएको छ ।

प्युठान जिल्ला कार्यसमितिको अध्यक्षमा माधब पोख्रेल, उपाध्यक्ष जानका पोख्रेल, सचिव ध्रुव गिरी, सह सचिव शान्ता गिरी र कोषाध्यक्ष राजकुमारी कवँर चयन हुनुभएको छ । सदस्यहरु जायेश्वर जैसी, नवराज आचार्य, भानुभक्त पोख्रेल, र लक्ष्मी मगर सङ्घर्ष रहनुभएको छ । सल्लाहकारहरूमा गेहराज थापा, कमल पोख्रेल र देवेन्द्र कुमार रिजाल रहनुभएको छ ।

भेलाले बर्दियामा शंकर प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा परशुराम चौधरी, सचिव प्रभात सुवेदी, कोषाध्यक्ष निरन्जना चन्द रहनुभएको छ । सदस्यहरुमा वासुदेव रेग्मी, गौरी सुवेदी, मन बहादुर विक, प्रकाश रावल, उदयराज न्यौपाने र जीवराज पाण्डे रहनुभएको छ । सल्लाहकारहरुमा लोकमणी आत्रेय, प्रमोद कुमार तिमिल्सिना, भोजराज गौतम र जीवराज पाण्डे रहनुभएको छ ।

प्रतिष्ठानको रूपन्देही जिल्ला कार्यसमितिमा सरु ज्ञवाली अध्यक्ष रहनुभएको छ । त्यसैगरी कमल पोखरेल उपाध्यक्ष, सचिव तिर्थराज भन्डारी, सहसचिव राधा खरेल र कोषाध्यक्ष हिमाल बरुवाल क्षेत्री चयन हुनुभएको छ। सदस्यहरूमा कृष्ण प्रसाद ज्ञवाली, सरस्वती श्रेष्ठ, रीता‌ खराल, सुष्मी भट्टराई, गुरु दत्त ज्ञवाली, सुवास उपाध्याय, शिवनन्दन जैसवाल र मीरा ज्ञवाली रहनुभएको छ । सल्लाहकारहरुमा रमेश समर्थन, वनमाली निराकार र डा । ज्ञानदेव हटुवाल रहनुभएको छ।

गुल्मी जिल्ला अध्यक्षमा मन बहादुर खत्री मनु चयन हुनुभएको छ । त्यसैगरी लक्ष्मण रिजाल उपाध्यक्ष, राम प्रसाद पन्थी सचिव, मनु सुनार सहसचिव र सरु सुधा कोषाध्यक्ष रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा खेमराज अर्याल, भागिरथ भण्डारी, लक्ष्मी खनाल, श्यामलाल गौतम, विष्णु कुँवर र मन्जु राना रहनुभएको छ । सल्लाहकारमा साहित्यकारहरु शशी पन्थी, दिन पन्थी र मित्र प्रसाद गौतम चयन हुनुभएको छ ।

त्यसैगरि कपिलवस्तु जिल्ला कार्यसमितिको अध्यक्षमा शकुन्तला पौडेल चयन हुनुभएको छ । समितिको उपाध्यक्ष इन्दिरा देवकोटा , सचिव गीता त्रिपाठी खनाल, सहसचिव भानु चत्रुवेदी र कोषाध्यक्ष कृष्णा अग्रहरी चयन हुनुभएको छ। सदस्यहरुमा रविचन्द्र शाक्य, सन्दिप दुवे, चन्द्रा गुप्ता, निरा कुमारी क्षेत्री, सरोज ज्ञवाली र लक्ष्मी सिंह लोथ रहनुभएको छ । सल्लाहकारहरुमा हरिराज शर्मा र पशुपतिमणि त्रिपाठी रहनुभएको छ ।

त्यस्तै नवलपरासी जिल्ला कार्यसमितिको अध्यक्ष दिपक बराल चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष राधा खत्री, सचिव दिनानाथ पौडेल, सहसचिव कुशल भट्ट र कोषाध्यक्ष नाथु क्षेत्री रहनुभएको छ । सदस्यहरुमा जीवन तिवारी, नवराज घिमिरे, मोहम्मद इजहार शेष, तिलक भट्टराई, नारायण पौडेल र नारायण शर्मा चयन हुनुभएको छ । समितिको सल्लाहकारहरुमा साहित्यकार सत्यदेव पाण्डे, दिपप्रकाश लोहनी र लक्ष्मी बर्तौला चयन हुनुभएको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको समग्र विकासका लागि नेपाली भाषाको आधार भूमि नेपाल देखि नेपाली साहित्य मार्फत विश्वव्यापी नेतृत्वको गर्ने जमर्को गरेका छौं । वहाँले विश्व भरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरुलाई जोड्न खोजेको बताउनुभयो । देशका कुनाकुनामा रहनुभएका स्रष्टाहरुलाई एउटा विश्वव्यापी प्लेटफर्म दिन लागिएको कुरा बताउनुभयो । लुम्बिनी प्रदेशका सल्लाहकार समालोचक एवम् लेखक डा नारायण पन्थले अभियानले नेपाली भाषा साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

विनेसाप्र केन्द्रीय महासचिव शिव खनाल जीवमले विश्वका केहि दार्शनिक एवम् लेखकहरुले समाजलाई मार्गनिर्देश गरे जस्तै विश्व नेपाली साहित्य प्रतिष्ठानमा आवद्ध स्रष्टाहरुले समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नसक्ने कुरा बताउनुभयो । वहाँले यो संस्था नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो संस्था बन्ने बाटोमा हिंडेको बताउनुभयो । नेपाली भाषा साहित्यको समग्र विकासको लागि स्थापित उक्त विश्वप्यापी सन्जालमा जोडिनको लागि आव्हान गर्नुभयो । गुल्मी जिल्लाका सल्लाहकार शशी पन्थीले संस्था गठन गर्दाको उत्साह सधैं रहिरहोस् भन्दै संस्थाको उदेश्य प्राप्तिको लागि आफुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दाङ जिल्ला अध्यक्ष डा। कृष्णराज डि सी, पाल्पा जिल्ला अध्यक्ष रमा पन्त, नवलपरासी अध्यक्ष तथा लुम्बिनी प्रदेश उपाध्यक्ष दिपक बराल, बर्दीया जिल्ला अध्यक्ष शंकरप्रसाद आचार्य, गुल्मी जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल, लुम्बिनी प्रदेश महासचिव तेजप्रसाद खनाल र रुपन्देही जिल्ला समिति अध्यक्ष सरु ज्ञवाली लगायतका स्रष्टाहरुले आफ्ना रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार एवम् वरिष्ठ साहित्यकार डा बम बहादुर थापा जिताली, उपाध्यक्ष पुष्कर रेग्मी, सचिव मनिष कुमार शर्मा समित, सहसचिव सविता केसी, विदेश विभाग प्रमुख खगेन्द्र बस्याल, प्रदेश १ अध्यक्ष निरु गौतम, प्रदेश ४ लक्ष्मी प्रसाद मिश्र, प्रदेश ७ संयोजक सुरेन्द्र शाही गुलाब कान्छो, लुम्बिनी प्रदेश सल्लाहकार, डा शंकर गैरे, लक्ष्मी ज्ञवाली, लुम्बिनी प्रदेशका कार्यसमिति सदस्यहरु, नवगठित जिल्ला समितिका सल्लाहकारहरु, अध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु एवम् देशविदेशमा रहनुभएका स्रष्टाहरु समेत गरि झण्डै १ सय स्रष्टाको सहभागिता रहेको थियो।

प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालको अध्यक्षतामा रहेको थियोे । वहाँले सम्पुर्ण नेपाली भाषाका साहित्यकारहरुलाई जोड्ने सेतुको रूपमा प्रतिष्ठान रहेकोे र उक्त अभियानमा आफू समेत जोडिन पाएकोमा गर्व महसुस भएको बताउनुभयो । संस्थाको लक्ष्य प्राप्तिको लागि एकजुट भएर लाग्ने कुरा बताउनुभयो । वहाँले प्रस्तावित जिल्ला अध्यक्षहरुको नाम घोषणा गरेसँगै जिल्लाका अध्यक्षहरुले आआफ्नो कार्यसमितिमा रहेका पदाधिकारीहरुको नाम परिचय सहित घोषणा गर्नुभएको थियोे । कार्यक्रममा प्रदेश समितिका सचिव एवम् गुल्मी जिल्ला अध्यक्ष मन बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन लुम्बिनी प्रदेश महासचिव तेज प्रसाद खनालले गर्नुभएको थियोे ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...