Tuesday 31st March 2026

नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन थाल्यो


तीतोपाटी – नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाइ कुवेत आउनको लागि कुवेतको स्वास्थ्य मन्त्रालय मातहतको अनलाइनमा रजिष्टर्ड गराएका कुवेत आउनु पर्ने नेपालीहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन शुरू गरेको छ ।

कुवेतको वैधानिक भिसा भइ कुवेतमा आउन चाहने नेपालीहरूले जोन्सन एण्ड जोन्सन खोप जुलाइ महिनामै लगाए पनि कुवेतको स्वास्थ्य मन्त्रालयले उनीहरूले रजिष्टर्ड गरेको निवेदनहरू एप्रुभल नगर्दा कुवेत नेपाली श्रमिकहरूलाइ फर्कन नपाइने हो कि भनि  निकै अन्योल छाएको थियो । अब भने तेश्रो मुलुकमा २ हप्ते क्वारेन्टिनमा बसेर कुवेत आउन पाउने भएका छन् ।

छुट्टीमा स्वदेश गइ कुवेत फर्कन नसकेका आप्रवासी कामदारहरूलाइ कुवेतले मान्यता दिएका अक्सफोर्ड/अष्ट्राजेनेका, मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन मध्येका खोपहरू लगाए पश्चात कुवेको स्वास्थ्य मन्त्रालयबाट एप्रुभल गराइ  कुवेत आउन गत अगष्ट १ देखि फुकुवा गरे पनि नेपालबाट रजिष्टर्ड गरेका कसैको पनि एप्रुभल आएको थिएन ।

नेपाल लगायतका केहि देशलाइ कोरोनाको उच्च जोखिममा रहेको भनि ति देशका कामदारहरू सिधै कुवेत आउन नसक्ने जनाएको कुवेतले खोप लगाएका आप्रवासीको निवेदन पनि एप्रुभल नगर्दा कति समय कुर्नु पर्ने हो भनेर आप्रवासी श्रमिकहरू अतालिएका थिए ।

यस क्रममा नेपालमा छुट्टीमा गएर कुवेत आउन रोकिएका केहि नेपालीहरूले आफूहरूले रजिष्टर्ड गरेको ७ देखि १० दिन भित्रमा कुवेतको स्वास्थ्य मन्त्रालयबाट एप्रुभल पाएको बताएका छन् । कुवेतको सवास्थ्य मन्त्रालयबाट एप्रुभल पाएकाहरूले अब  Immune App मा रजिष्टर्ड गरि Immune App मा पनि हरियो रंग देखिनु पर्ने छ भने Kuwait Mobile ID मा पनि हरियो रंग देखिनु पर्नेछ । त्यसपश्चात पीसीआर गरि तेश्रो मुलुक हुँदै कुवेत आउन सक्नेछन् ।

उता, कुवेतको स्वास्थ्य मन्त्रालयले हाल सम्म कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा कुवेतले मान्यता दिएका खोप लगाएका  ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...