Wednesday 18th March 2026

हैटीमा भूकम्प : ३ सय भन्दा बढीको मृत्यु, एक महिने संकटकालको घोषणा


तितोपाटी- हैटीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । ७.२ म्याग्नेच्युडको उक्त भूकम्प पैश्चिम हैटीलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

भूकम्पमा परी अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ । १८ सयभन्दा बढी घाइते भएका छन् ।त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले भूकम्पको निरीक्षण गरेका छन् । उनले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् । समाचारहरूमा जनाइएअनुसार भूकम्पमा परी थुप्रै घर, विद्यालय, चर्च तथा होटलहरू भत्किएका छन् ।लगातार परकम्प गइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...