Monday 28th September 2026

बोस्टनमा पत्रकार विरहीलाई सम्मान


तीतोपाटी डटकम-बोस्टन, अमेरिका-वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजको आयोजना गरिएको छ । राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उहाँको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् ।

बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ । राजमित्र स्मृति प्राङ्गणमा आयोजित कार्यक्रममा बोस्टनका समाजसेवी प्रह्लाद केसी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, राजमित्र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हरि काफ्ले, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, चर्चित फोटोग्राफर विमल नेपाल र पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसअघि वरिष्ठ पत्रकार तारा बराल र साहित्यकार विटु केसीलाई पनि सम्मान गर्दै रात्रीभोजको आयोजना गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...