१)हजुरको मनै
सुन्दर छ धनै
बुझ्दैन कसैले
दुखमा यसले
भावनाले चाख
मनमा नै राख।
२)नेताहरू धोका
लुटेका छन् पोका
कसैले बोल्दैन
यी कुरा खोल्दैन
जनता बेहाल
किन हुन्न ख्याल?
३)पाल्पाली को माया
साहित्यको छाया
साहित्यको रस
मुटु भित्र पस
निस्कन्छ निकास
हुन्छ नी बिकास ।
शिव कुमार रेग्मी
पाल्पा
१)विदेसको बास
तिजनी आको छ
दर खादै छु म
मनै रोएको छ
माइती सम्झेर
गाँसै रोकिएछ।
२)साउन मैनामा
शिवको दर्सन
सबैले गरौन,
प्रसाद ग्रहण
गरेर भक्तले
यै पेट भरौन।
३)जेठाजू निआए,
देवरनी आए,
हाम्रा यी आएनन्,
कि परे जेलमा,
सोझा थिए उनी
कि खर्चै पाएनन्।
४)गर्मी हुदा पानी
जाडो हुदा रुई
कित अग्नि नेर
कित हुनु दुई
मैले देको औँठी
कता गयो खोइ
लक्ष्मी प्रसाद मिश्र
लमजुङ
केही षडऋतुहरू
एक
गुरूको दीक्षाले
नैतिक शिक्षाले
कर्तव्य सिकायो
विनयी बनायो
उद्देश्य बोकेर
हिड्न नै सिकायो ।
दुई
ईश्वर हो काम
मिल्नेछ इनाम
परिश्रम गर
धैर्यवान बन
झुक्नेछ आकाश
बलियो साहास ।
तीन
लक्ष्य छ जूनको
वीरको खुनको
नछेक कसैले
नरोक कसैले
वेग छ बेस्सरी
थामिन्छ कसरी ?
दामोदर ढकाल दीपक
भोजपुर
१)अरुको सुनेर
आफैँले गुनेर
सहज सानमा
सुरिलो तानमा
लयमा सजेको
षड्ऋतु बजेको ।।
२)हिमाल सुन्दर
पहाड सान्दार
खोलाका झरना
तराई फाटमा
बाला झन् सुनका
आनन्द भोजन।
३)बडाले गरेका
सबै काम राम्रा
भनी ढुक्क बस्ता
नपर्ला र धोका
सबै ज्ञान जानी
रहून् अग्रगामी ।।
४)यो पनि राम्रो छ
त्यो पनि राम्रो छ
यो नेपाली मन
जलस्रोत धन
देश यो राम्रो छ
भेष यो राम्रो छ ।।
तिलक लुइँटेल
काठमाण्डौ
१)छोराछोरी खाडी
आमाबाबा छाडी ।
आफैँलाई केर्छन्
तिम्रै बाटो हेर्छन् ।
छिट्टै फर्की आऊ
आशा बोकी ल्याऊ ।।
ृछन्द ः विद्युल्लेखो
२)भरोसा नदेऊ
र आशा नदेऊ
गरी बन्द ढोका
नदेऊन धोका ।
सदा साथ पाऊँ
तिमीमै हराऊँ ।।
सोमराजी ः छन्द
३)सलल नदीझैँ
कलकल बग्दै
तलतल मेट्ने
सफर समेट्ने
नियमित चाल
समय कराल ।
उत्तम विचार
काठमाण्डौ
१)तन गलेकोछ
मन जलेकोछ
दिन ढल्दैछन
इच्छा बढ्दैछ
यो लोभ यो माया
सिर्फ घाम छाया
२)आषाढ श्रावण
झिम झिम पानी
सिन्धुपालचोक
मेलम्ची कहानी
जताततै पानी
के भो माता रानी?
३)मोक्षको साधना
प्रेम आरधना
सबमा कामना
यहींछ अर्चना
सुन्दर चाहना
छ शुभकामना
४)तिमी घृणा गर
मैले माया दिन्छु
तिमी आगो भए
म पानी बन्नेछु
तिमी काँडा बने
फूल बनी दिन्छु
-चित्रवलीराम सुवाल
पाल्पा
१)एकादशी आज
कामिका हो खास
बस्दा उसवास
भोग्दैन क्यै त्रास
खानु हुन्न गास
पाप हुन्छ नास।
२)हितकर साथी
असल छ जाती
मन यदि साफी
उपर छ माथि
तब चुन साथी
नबन न घाती
३)कहर भरेको
जहर छरेको
कसर बसेको
छ अति सडेको
न चुन न यस्ता
कपट र सस्ता
४)यसो भन्थे बाजे
काम हुन्न साझे
तरकारी किन
मान्छेलाई चिन
यौटा गल्ती गर्ला
दोषी अर्कै पर्ला
तोयानाथ सुवेदी
काठमाण्डौ
१)भाद्रमा छ तिज
दर खान चिज
मकै त छैन है
खान पाईन है
असोजमा टिका
हुन्छ कि त फिका
२)श्रावण महिना
ईलम भएन
दैनिक घरमा
आफ्नै छ भरमा
बाहिर कोरोना
हुनेभो मरना
शुरेस चन्द्र घिमिरे
लमजुङ
शिशिर बसन्त
शरद हेमन्त
ग्रीष्म र वर्षा
छ ऋतु संयोग
बुझें मैले अब
यही षडऋतु
मत्स्य कूर्म कल्की
राम कृष्ण बुद्ध
बराह नृसिंह
परशुराम र
बामनका साथ
दश अवतार
षड ऋतु काव्य
बनाउँछौ भव्य
राम्रो शब्द छानी
कोरौं अब हामी
फैलाई साहित्य
बनाउ अमर
रसिलो पोषिलो
गुलियो अमिलो
स्वाद जगाउने
मुख रसाउने
भगाउन निद
षड रस पिऔं।
देवेन्द्रराज शाक्य बुटवल रुपन्देही।
कृष्ण केसि
१)सूर्यनारायण
पतिपरायान
सूर्य चन्द्र कैल्यै
मेल गराएन
मेरो मन तिमी
कैल्यै हराएन
२)हातको मैला हो
सुनको थैला यो
के गर्नु धनले
साग र सिस्नु नै
खाएर बस्नु हो
आनन्दी मनले
३)ढकमक्क फुल्यो
बगैंचामा फूल
त्यो फूल देखेर
हामी पर्यौ मक्ख
आनन्द मान्दैछौं
हामी पर्दै दङ्ग
कृष्ण के. सी.
गोङ्गबु, काठमाडौं।
४)ढकमक्क फुल्यो
बगैंचामा फूल
त्यो फूल देखेर
हामी पर्यौ मक्ख
आनन्द मान्दैछौं
हामी पर्दै दङ्ग
५)नगर घमण्ड
यसले बिगार्छ
यो सारा ब्रम्हाण्ड
ज्योतिष प्रकाण्ड
डुबे छन् चुर्लुम्मै
भुन्टी केटी काण्ड
कृष्ण केसी
काठमाण्डौ