Wednesday 1st April 2026

आठ स्रष्टाका षडऋतुहरु


षडऋतु कवितामा शशिवदना

सब जन भन्छन्-
युवक निराला ।
शशिवदनाको
गजब छ चाला ।
सबतिर नौला
प्रकृति थला छन् ।।

-डा. बम बहादुर जिताली

 

१)सपना सजायौ
पागल गरायौ
प्रेमको संसार
झुटकोछ खेती
चुँडालेर नेती
सम्वन्धनै मेटी

२)बैसको यो बेला
हातमा भो ठेला
नयनमा पानी
प्रेमकी हौ खानी
फुलेछ जवानी
टप्प टिप नानी

३)सलल गण्डकी
प्रेम भो बन्धकी
एक्लै बस्न हुन्न
झट्ट यता आउ
हात नै समाउ
काखमा रमाउ ।

जनार्दन अधिकारी धड्कन
नैकाप,काठमाडौ ।

सबैले बुझने
अर्थ प्रस्ट हुने
शब्द छानी राखी
कलात्मक रूप
षडकाव्य लेख्न
गरें अनुरोध

षडकाव्य रच्ने
गुणी मित्र जन
कुरा बुझ एक
काम क्रोध लोभ
मोह मद मत्स( जलन)
यिनै षडरिपु

के हो षडरस?
बुझौं सब हामी
गुलियो अमिलो
नुनिलो र टर्रो
पिरो अनि तीतो
यही षडरस

देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेशमन्दिरै गएर

 

स्वतन्त्र
१) श्रावण महिना
चतुर्मास लाग्यो
शिव भक्तहरू
व्रत गर्न जाग्यो
मनले चिताको
वर छ पिताको !!!
२) शिवको महिम्न
सार नै बुझौंन
पढौं सुनौ पाठ
नबनौ उराठ
गरौं नित्य कर्म
सनातन धर्म !!!
३) अघि पुष्पदन्त
शिवका शुभक्त
रचेर महिम्न
संस्कृतमा छन्द
गाउँथे नि गाना
लिएर खजाना !!!

सुरेश चन्द्र घिमिरे
दोर्दी गा. पा. ३ लमजुङ

 

घर मेरो जाल्पा
घुम्न जाँदा पाल्पा
तिम्रो साथ पाएँ
मायाँ प्रित लाँए
बस्ने मन हुँदै
म त फर्कि आएँ !१!

तिमी हामी दुई
खोज्ने सब्ले उई
जाडो बेला रुई
कुनै बेला फुई
कोरोनामा खोज्दै
हामी सबै सुई !२!

अति प्यारो देश
साह्रै राम्रो भेष
सोचे जस्तो यहाँ
खोजे जस्तो याहाँ
पाईन्छ अहिले
जान्न म विदेश !३!

कृष्ण के. सी.
विदुर नगरपालिका वडा नं ०७तुप्चे नुवाकोट।
हाल टोखा नगरपालिका वडा नं ०९ , गोंगबु,काठमाडौं।

 


मानव जीवन
सुन्दर जीवन
गरौ सब मिलि
उन्कै आरधना
मोक्षको साधना
मुक्तिको वासना


अनुपम भेट
खडऋृतु संग
भयो कुराकानी
मधुर सुहानी
रचियो कहानी
साट्टियो जवानी


चाँदनी रातमा
हजुर साथामा
रमायको मन
सुन्दर सपना
कसरी पोखु म
मनको भावना

चित्रवली सुवाल
तानसेन, पाल्पा

सबै थरी मिले
कवि र कविता
सिपालु व्यवस्था
कवयित्री सीता
अझ धेरै आऊन्
सृजना सजाऊन् ।।

देश विदेशका
कवि झिकाउनु
लेख्न खोज्नेलाई
अब सिकाउनु
मनको भावना
छ शुभकामना ।।

नवीनतामा छ
सुरम्यता पनि
लेख्तै रमाउँछन्
सृजनाका धनी
उचाइमा पुग्ला
षड्ऋतुको विधा ।।

तिलकप्रसाद लुइटेल
काठमाडौँ ।

 

 

आमा
सन्तानको माया
हृदयमा बोकी
पिर व्यथालाई
मनमा नै रोकी
मीठो पाक्छ माम
आमाको छ काम ।

बुबा
ऋण होस् वा धन
बुवाको जीवन
सन्तानको इच्छा
वर्षाउँदै शिक्षा
उमेर ढल्किन्छ
दियालो सल्किन्छ ।

फूल

मगमग बास्ना
दुर्गन्ध नै मास्न
फाहोर नै खाई
सफाचट लाई
उज्यालो छ धर्ती
फूलको छ अर्ती ।

दामोदर ढकाल ‘दीपक’
भोजपुर ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...