Sunday 22nd March 2026

सिमराको पिलुवा गाउँ – एक चिनारी


बि.आर. उप्रेती, बारा, नेपाल – देशमा धेरै साना ठूला शहरहरु छन् पोखरा, बिराटनगर, बिरगंज, नेपालगन्ज,भैरहवा, भरतपुर (नारायणगढ), हेटौंडा । यी शहरहरुको बाटो घाटो, रहन सहन, भाषा भेष, धर्म संस्कृती आ-आफ्नै विषेशतामा केहि फरक भएतापनि झिलिमिली शहर बजार त हुने नै भयो तर यी यस्ता स्थानहरु जनकपुर राजा जनकको दरबार, भैरहवाकै नजिक भगवान गौतम बुद्धको नामबाट, पोखरा फेवातालको नामबाट प्रख्यात भयो। यी यस्तै अन्य शहरहरु पनि आ-आफ्नै परिचय हुने केहि कुनै कारण होला । यसरी यस्ता शहरहरुको नाम नसुन्नेहरु बिरलै होलान् । तर गाउँ बस्तीहरु पनि त कहिँ कतै आफ्नो परिचय दिने खालको गाउँ ठाउँ पनि छन्।

यस्तै ख्यातिप्राप्त गाउँहरु मध्ये पिलुवा गाउँ सरकार तथा मिडियाको नजरमा गुमनाम भए पनि यसको धेरै ठुलो बिषेशता छ । स्थानिय आसपासका गाउँ बस्ती बाहेक अन्य छिमेकी जिल्लाका बासिन्दाहरुलाई पनि यस ठाउँको महत्त्व र बिषेशताको बारेमा ज्ञान नहुनु निकै अनौठो लाग्ने नै भयो । यसर्थ पंतिकारबाट यस ठाउँको बारेमा सरकार तथा अन्य संचारकर्मी( मिडियाहरु) लाई पनि जानकारी गराउने उद्देश्यले पिलुवा एक चिनारी भनि यो लेख प्रस्तुत गरिएको हो ।

प्रदेश नं. २ बारा जिल्लाको जीतपुर सिमरा उप- महानगरपालीका अन्तरगत वडा नं.१६ मा पर्ने यो पिलुवा गाउँ राम्रो बस्ती मानिन्छ । पुर्व राम जानकी मन्दिर र हरियाली जंगल तथा पसाहा नामक खोला छ, पश्चिम महेन्द्रनगर गाउँ, उत्तरतर्फ पूर्व पश्चिम महेन्द्र राजमार्ग र दक्षिण वन देवी मन्दिर पर्दछ । यो गाउँमा ब्राह्मण, क्षेत्री, मगर, तामाङ, नेवार, दनुवार, राई, पहरी, दर्जी र विश्वकर्मा आदि धेरै जातजातीहरु बसोबास भएको यस गाउँमा जंगी, प्रहरी, निजामती सरकारी सेवामा बहालवाला तथा सेवा निवृत्त कर्मचारीहरु, क्याम्प प्रमुख, वरिष्ट पत्रकार, लेखक, इन्जिनियर, डाक्टर जस्ता बुद्धिजीवीहरु बसोबास भएको गाउँ अधिकांश व्यक्तिहरु कृषि पेशामा तल्लीन छन् । गाउँ बस्ती नजिकै हरियाली जंगल भएकोले घाँस, दाउरा लगायत गाई बस्तु चरणको लागि धेरै सुविधा भएको हुँदा व्यबसायिक रूपमा बाख्रा, भैंसी, पाडा पालन सुबिधा भएकोले यस्ता पेशाबाट भरपर्दो आय आर्जन गर्न सकिने र गाउँमा कोही कसैले कुखुरा पालन गरेर पनि आयस्रोत बनाई जीविकोपार्जन गरिरहेका छन् । गाई भैंसी पालेर दुध व्यापारबाट यस गाउँका बासिन्दाहरुले मुख्य आय आम्दानीको श्रोत बनाएको देखिन्छ ।

यस गाउँको उत्तरपटी भद्रकाली चोकबाट दक्षिण कलैयातर्फ जाने मानमत मटिअर्बा सडक यसै गाउँको बीच बस्तीबाट कलैया सदरमुकाम पुग्न लगभग १३ कि.मि. दूरी पर्छ । यहाँ शसस्त्र प्रहरी गण(ब्यारेक), जनस्वास्थ्य चौकी (हेल्थपोष्ट) सरकारी विद्यालय- क्याम्पस र विद्यार्थीहरुलाई सहुलियत र सुविधा सम्पन्नका साथ स्तरीय शिक्षा हासिल गर्न गराउन सकिने हज्जारौं विद्यार्थीहरुको पठनपाठन हुने गरि यसै गाउँका बुद्धिजीवी तथा बरिष्ट पत्रकार हरिदेव खरेलले बारा एकेडेमि इङ्गलिस बोर्डिङ स्कुल खोलेर शिक्षाको क्षेत्रमा निकै स्रहानिय काम गरेका छन्। साथै यसै गाउँमा जोडिएको गाउँको उत्तरपटी पुर्व पश्चिम राजमार्ग देखि ३०० मिटर दक्षिणमा अवस्थित हरियालीको माझमा बन्दै गरेको अध्यात्मिक, वैज्ञानिक दृष्टिले मानवीय सोच र विचारलाई सुमार्गमा लैजान टेवा दिने यस्तो मनमोहक पिलुवा पिस पार्क (ब्राह्मा कुमारी राजयोगको पहल कदमी तथा सम्पुर्ण पिलुवा बासीको मद्दतमा गुणराज भाई जी र उहाँका अन्य सहयोगीको अथाक प्रयासद्वारा) बन्दैछ । यो पार्क पनि यसै गाउँमा पर्दछ।

यस गाउँबाट पूर्व एक डेढ कि.मि. पर टाँगिया बस्ती क्षेत्र अन्तरगत निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरुवाती चरणमा छ। यो यसै गाउँको पुर्वपटी पर्छ त्यति मात्र होइन पिलुवाबाट अन्दाजी ६/७ पुर्व काठमाडौ र तराई (निजगढ) जोड्ने द्रुत मार्ग (फास्ट ट्याक) को निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ। यो द्रुत मार्ग पुरा भए पछि निजगढबाट काठमाडौ ७२.५ कि.मी. पर्दछ। करिब २ घण्टामा निजगढबाट काठमाडौ पुग्न सहज हुनेछ । यसैगरी पिलुवा गाउँमा जताततै पिच सडक र स्ल्याब ढलान गरिएको बाटो घाटो, खानेपानी, शिक्षा, यातायात, संचार, स्वास्थ्य र सुरक्षा जस्ता आवश्यकता प्रयाप्त स्थानमा बारेमा राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षाविद् बसेका यश गाउँमा पटकपटक बाहिरबाट घर घरेडी र जग्गा खरिद गर्न आउँछन् अनि ठाउँ ठाउँमा जग्गा किनेर प्लटिङ्ग गर्दै टाउन प्लानिङ्ग पनि गर्छ्न् । यसर्थ भविष्यमा यो गाउँको परिचय खोल्ने अन्य थप क्रियाकलापको संभावना देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...