Tuesday 31st March 2026

नेपालमा कोभिड भ्याक्सिन प्रमाणीकरणमा QR कोड सहितको सर्टिफिकेट नहुँदा कुवेत प्रवेशमा अन्योलता


नबराज पन्थी -तीतोपाटी डटकम-वैदेशिक रोजगारीको लागि कुवेत आउन चाहाने नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणितकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको सामान्य कागजमा स्ट्याम्प सहित तयार पारिएको सर्टिफिकेटले कामदारहरुमा थप अन्यौलमा पारेको छ।कुवेत सरकारले QR कोड सहितको प्रमाण पत्रलाई कुवेत प्रबेशमा सजिलै एप्रुभल दिएको र करिब १० हजार आप्रबासीहरुको कुवेत फर्कन गरेको अबेदन रद्द गरिएको खबरले कुवेत फर्कने तयारीमा रहेका नेपाली कामदारहरु दोधारमा छन।

लामो समय देखि घर बिदामा गएर पछिल्लो पटक कुबेत सरकारले मान्यता दिएका मध्येको जोन्सन एन्ड जोम्सन कोभिड भ्याक्सिन लगाई कुबेत आउन तयार गरी रहेका नेपाली दाजु भाइ दिदीबहिनीहरुले आफुले लगाएको भ्याक्सिनको सर्टिफिकेट कुबेत सरकारले दिएको लिन्कमा अपलोड गर्नलाई पेपरको साइज र फर्म्याट तथा लिन्क सजिलै नखुल्ने हुनाले समस्या रहेको बताएका छ्न।

नेपाल सरकारले तोकेको चारवटा हेल्थ सेन्टरबाट भ्याक्सिन लगाएको सर्टिफिकेट प्रमणिकरण गरे पनि कुबेत सरकारले तोकेको QR कोड सहितको सर्टिफिकेटलाई सजिलै एप्रुभल गर्ने भएपछि त्यसको ब्यबस्थापन नेपालमा नहुनाले नेपाली श्रमिकहरुलाई थप दोधारमा पारेको हो।अर्को कुरो प्रमाणित पनि स्वास्थ्य मन्त्रालय र पररास्ट्र मन्त्रालयको काउन्सिलर कार्यालयबाट गराउदै आईए पनि कुन निकायबाट कुन फर्म्याटमा प्रमाणित गरे आधिकारिक मानिने हो त्यसको आधिकारिक जानकारी नेपाल सरकारसंग छैन ।

यसै विषयमा नेपाली राजदुतावास कुबेतमा बुझ्दा “कुबेत सरकारले नियम जारी गरेपछि हामीले त्यो प्रक्रिया अपनाउनु पर्छ। तसर्थ नेपालीको लागि सहज बनाउन दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित निकायमा जानकारी गराएको साथै कुबेतमा दिइएको जस्तो QR कोड वाला सर्टिफिकेटको नमुना समेत पठाईएको बुझिएको छ। साथै यो प्रक्रियाको लागि सम्बन्धित निकायबाट पहल शुरु भैसकेको जानकारी प्राप्त भएको छ ।
तर ट्राभल एजेन्सीहरुले अहिलेसम्म टिकट बुकिङ शुरु गरेको छैन भने कुवेतले पनि अगस्ट १ देखी कुवेतमा अनुमोदन भएको खोप लगाएकालाई आउन दिने कुरा गरे पनि पुन:कुनै जानकारी दिएको छैन। तसर्थ भ्याक्सिन लगाईसकेका नेपाली कामदारहरु कहिले देखि कुबेत प्रबेस पाउँछन् त्यसका लागि केही दिन पर्खिनै पर्ने भएको छ भने धेरैले आफ्नो रोजिरोटी गुम्ने हो कि भन्ने दुबिधामा दिन बिताउनु परेको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...