Wednesday 1st April 2026

इजरायलले नेपालवाट एक हजार केयरगिभर माग्यो, डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी


तितोपाटी- इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ ।

उसले नेपालवाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी गरेको छ । इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ ।

इजरायल र नेपालबीच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ । त्यसैले दुईपटक विज्ञापन गर्ने विभागको तयारी छ । नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...