Tuesday 20th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २७


गजल
###
बहर : मुतकारिब मुसम्मन सालिम

शिलामा कुदेको सुनौलो कदर छ ।
कदरमा लुकेको अनौठो रहर छ ।

हिजो आज आफू बिरामी भएमा
बिचल्ली हुने हुन् कि सन्तान डर छ ।

बगायो नदीले सबै खेतबारी
कहाँ बस्नु अब घर घडेरी बगर छ ।

लुकाएर पीडा कहाँ हाँस्न सक्छु
रुझेको छ साथी झरीको असर छ ।

तिमी नै तिमी देख्छ जहिले नयनले
जो दिलमा गढ्यो त्यही माया अमर छ ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...