Saturday 29th August 2026

गीत “खाडीको संघर्ष” -इन्द्र बोन्तावा “देवा”


खाडीको संघर्ष

####

आमाको काख, घर र आँगन छोडेर आएथें,
यो जिन्दगीलाई सफल पार्न संघर्ष गरेथें ।

बिरानो ठाउँ बिरानो मान्छे उजाड ठाउँमा छु,
जलेको आत्मा चिरिएको मुटु लिएर बाच्दैछु ।

जिन्दगीभर दुख र कष्ट भाग्य नै यस्तै रहेछ ,
आशाको दियो अन्धकार रातको मरेर गएछ ।

आँशुको धारा, रगत र पसिना बगाइरहेछु ,
दुःखको झोली थाप्लोमा बोकी म हिँडिरहेछु ।

मुर्झेको आँखा, तड्पेको मन लिएर बाच्दैछु,
टुक्रेको मुटु जोडेर फेरि सजाउन खोज्दैछु ।

 

-इन्द्र बोन्तावा “देवा”
कटुञ्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ।…

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ।…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

प्रतिकृयाहरू
...