Wednesday 14th October 2026

कुवेतमा एकै हप्तामा ३ नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम – रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्‍यु भएको छ।यसरी मृत्‍यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् ।

राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले २०,जुलाई,२०२१ का दिन आफ्नो स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन ।

राहदानी नं- ०६९५३३३५का अमिर तामाङको जुलाई १९,२०२१ का दिन हृदयघातका कारण मृत्‍यु भएको हो । २५ वर्षिय अमिर सामान्य अवस्थामै सुतेकोमा बिहान मृत भेटिएका थिए । उनी केही समय देखी अवैधानिक रुपमा भागेर काम गर्दै आएका थिए।

त्यसै गरी राहदानी नं-०९८७९९१० का राजीउल्ला मोहमदको १८ जुलाई,२०२१ का दिन मोटरसाइकल दुर्घटनामा मृत्‍यु भएको हो।उनी हार्दिस पिज्जामा होम डेलिभरी मोटरसाइकल सबारी चालकको रुपमा काम गर्दै आएका थिए।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले सुमित्रा तामाङ-धनकुटा,अमिर तामाङ-लम्जुङ र राजीउल्ला मोहमद-सर्लाहीको मृत्‍यु बारे नेपाली राजदूताबवासमा जानकारी आएको बताए।उनले भने”यो हप्ता ३ जना नेपालीहरुको मृत्‍यु भएको छ। हामीले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि सम्बन्धित निकायहरु तथा कम्पनी(स्पोन्सर) संग समन्वय गरी कानूनी प्रकृया शुरु गरेका छौ, सम्बन्धित परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध गर्दछौ।”


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...