Monday 22nd December 2025

ड्रोन र स्वास्थ्य


हिरनमयी आचार्य शर्मा – ड्रोनले एउटा” डेलिवरी बाँय”को कार्य गर्दै छ । सही अर्थमा ड्रोन को व्यवहार एउटा क्यामेरा हो भन्ने हामी सबैले जानेका छौ । यो ड्रोन क्यामेरा पहिले कसले सृष्टि गर्यो त भन्दा- “अब्राहम काँरेम” ले नै मात्र १४ वर्षको उमेरमै एउटा एयरक्राफ्टको मोडेल बनाउन सुरु गरे । उनलाइ नै “युएइ” को जनक भनिन्छ । पहिला १९८० मा इजरायलको अभियन्ताले कसैको विशेष उद्देश्य पूर्ति गर्ने वस्तुको हिसाबले यो ड्रोनको विकास भएको पाइन्छ ।

आज ड्रोन विशेष गरि स्वास्थ्य सम्बन्धित काममा प्रगोग गरिदै छ। यो कोरोनाकालिन अवस्थामा जहाँ मान्छेको पहुँच हुन सक्दैन त्यस्तो ठाउँमा औषधीहरु पठाउने काममा यसको प्रयोग गरिएको छ । एउटा १ किलो वजनको ड्रोनले २० किलो जति औषधि बोक्न सफल भएकोछ र समयको पनि बचत भएको छ ।

अहिले देखि नै ड्रोन लाइ एउटा डेलिबेरि बाँयको रुपमा पाइने सम्भव भएको छ । सुरुवातका सम्बन्धित कार्यमा ड्रोन नियोजित गर्नाले मृत्युको दर कम हुन्छ होला त ? कोरोना पोजिटिभ हुँदा अझै पनि स्वास्थ्यकर्मीको छेउ जान डराउनेको कमि छैन । कोरोना पोजिटिव भएर श्वास लिन कष्ट हुँदा मात्र स्वास्थ्य केन्द्र जान्छन् कतिपय मानिसहरु।

हाम्रो आफन्त मर्यो भनेर विलाप गर्दछन् ! सुरुदेखि नै राम्रोसँग उपचार गरे कोरोनालाई जीत्न सकिन्छ । अहिले यो ड्रोनको सहायताले कोरोनाका बिरामीहरुलाई औषधि पुर्याएर समयमा नै रोगबाट जीत्नलाई सम्पूर्ण प्रयास गरिदै छ ।

गुवाहाटी, असम,भारत ।
१५/६/२१


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...