Wednesday 24th April 2024

कुवेतको साल्मियामा एक नेपाली लुटिए


तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै जाहेरीमा भनेका छन”पर्समा ६० केडी(नेरु करिब २३ हजार) पैसा र बैंक कार्ड रहेको थियो।साथै बैक कार्डको पछाडि एटीएम मेसिनबाट पैसा निकाल्ने ४ अंकको पिन नं लेखिएकोले लुटेराले आफ्नो बैक खातामा रहेको ४० केडी (नेरु १५ हजार ५ सय) समेत एटीएमबाट निकालेर लागेका छन।”

लुटिने नेपालीको विवरण भने समाचारमा खुलाईएको छैन।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...