Tuesday 20th January 2026

कविताः नेपाली भाषाका जनक भानु -गंगा लिगल


उनको लेखन कलामा
अत्यन्त कलाकारीको
प्रबेश थियो
जुन प्रतिभाले
नेपाली भाषाको जन्म दियो
तसर्थ: उनी
भाषाका जनक हुन्

विभिन्न क्षेत्रका कबिता
सृजना गरि
आध्यात्मिकतामा प्रबेश
उनको ठुलो
बुद्धिमत्ता पुर्ण कार्य थियो
यो अत्यन्तै बिचरणीय र
मनन योग्य
बिषय मान्न सकिन्छ

आध्यात्मिक रामायणको
सिर्जनाले
गाउँ शहर
सारा स्थानमा
हृदय खोलेर भक्ति मार्ग तिर
रमण हुन थाले

राममा सुन्दरताको शक्ति
उदारता दया प्रेमले
ओतप्रोत गरि
जनमानसमा
अरु जिज्ञासा र आकान्क्षा
बढाउन तिर मार्ग दर्शन गर्यो

अर्कोतिर
सीताको आदर्शले
नारी जातिमा
ठुलो जागरण आयो भने
पुरुष बर्ग समेत
राम सीताको आदर्शलाई
जीवनमा लागू गर्न
ठूलो प्रेरणाको श्रोत
जागरण हुन थाल्यो

लक्ष्मणको भ्रातृ प्रेमले
मानव हृदयमा
ठुलो छाप पर्यो
आध्यात्मिक रामायणको
लयको मिठास
घर घरमा गुन्जन थाल्यो

यसैले गर्दा पनि
सरल नेपाली भाषालाई
सम्पुर्ण नेपालीले
उन्मुक्तता पुर्वक
स्वीकारेर

आज उनी
नेपाली
भाषाका
जनक बन्न पुगे ।
आज उनी………

-गंगा लिगल
भैरहवा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...