Tuesday 10th March 2026

अनेसास न्यूह्मसायरले मनायो भानु जयन्ती


तीतोपाटी डटकम-ईश्वरी भट्ट-अनेसास न्यूह्यामसायरले यही जुलाई शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट, साहित्यकार डा. मधु माधुर्यको विशेष आतित्थ्यता रहेको थियो।

आशन ग्रहण पश्चात भानुभक्तको फोटोमा माल्यार्पण र संस्थाकी सह-कोषाध्यक्ष राधा थापाले नेपाली राष्ट्रिय गान र श्रीयम रिमालले अमेरीकी राष्ट्रिय गान गाउनु भएको थियो । च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै अनेसास च्याप्टरले गरेका कामहरू बारे प्रकाश पार्नुभएको थियो । पूर्व सचिव एवं साहित्यकार राम भण्डारीले भानुभक्तको वारेमा विस्तृत एवम् अत्यन्त महत्वपूर्ण टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले न्यूह्यामसायर च्याप्टरले गरेका कामहरूको प्रशंसा गर्दै आफू विगतदेखि सहभागी हुने गरेको एक उत्कृष्ट च्याप्टर र यो च्याप्टर नै कोरोनाकालपछि प्रथम स्थलगत भानु जयन्ती मनाउने च्याप्टर भएको बताउदै आफ्नो रचना वाचन गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा रचना वाचन तथा शुभकामना मन्तव्य राख्नु हुनेहरूमा प्राडा रूद्र अर्याल, एनआरएन पूर्व अध्यक्ष शिवकुमार राई, रामचन्द्र भण्डारी, ईश्वरी भट्ट, बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, सुशील नेपाल, अनु शाह, तारादेवी न्यौपाने, श्रृजना दाहाल, हरिकुमारी गुरूङ, डा. मधु माधुर्य हुनु हुन्थ्यो ।

कार्यक्रममा एनआरएनए च्याप्टर पूर्वअध्यक्ष डम्बर कडरिया, वर्तमान अध्यक्ष कमल ढुंगाना, नेपाली समाजका अध्यक्ष सोम गुरूङ, तमु समाज अध्यक्ष क्षत्र गुरूङ, एनआरएनए महिला कोअर्जिनेटर सुन्दरी गुरूङ, संरक्षक उमेश कोइराला, एभरेष्ट सेन्टेनियल लायन्स क्लव उपाध्यक्ष शम्भु गुरूङ, बोस्टन लायन्स क्लवका अध्यक्ष सुशील नेपाल, श्रीयम रिमालहरूको सहभागिता रहेको थियो।
आजीवन सदस्य कवयित्री तारादेवी आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाकी महासचिव हरिकुमारी गुरूङले रोचक ढंगबाट सञ्चालन गर्नु भएको थियो। प्रधान संपादक ईश्वरी भट्टले कार्यक्रममा पिपुल्स च्वाइस भोटिङ र त्यसको घोषणा एवम् रोचक प्रश्नोत्तर कार्यक्रम गरी कार्यक्रममा रस भर्नु भएको थियो ।

अनेसास न्यूह्यामसायर पिपुल्स च्वाइस भोटमा महासचिव हरि कुमारी गुरूङले उच्च अंक प्राप्त गर्दै प्रथम हुनु भएको थियो भने उहाँलाई प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष पूजाले प्रमाण पत्र एवम् पुरस्कार प्रदान गर्नु भएको थियो। पुरस्कारबाट प्राप्त रकम महासचिव गुरूङले संस्थालाई नै प्रदान गर्नु भएको थियो। अन्त्यमा कार्यक्रम सभापति तारा न्यौपानेले सवैलाई धन्यबाद दिँदै सभा समापन गर्नु भएको थियो । सो कार्यक्रममा संस्थाका पदाधिकारी एवं आजीवन सदस्यहरू शारदा भट्ट, मैया ढुंगाना, हरिकुमारी गुरूङ, निगम रिमाल, राधा थापा, डम्बर कडरिया, रमा न्यौपानेहरूबाट मिठो परिकार बनाई निशुल्क प्रदान गर्नु भएको थियो भने, हितमान गुरूङ, सुन्दरी गुरूङ, क्षत्र गुरूङ, राम भण्डारी, ईश्वरी भट्ट, भेषराज शर्मा, राधा थापा, लगायतका व्यक्तिहरूले कार्यक्रमलाई सहयोग गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...