Tuesday 31st March 2026

मेलम्ची बाढीपहिरोबाट मृत्यु हुनेका परिवार,क्षति पुगेको बिद्यालय लगायतलाई आर्थिक सहयोग


हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्‍यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्‍यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश हजार)रुपैंया,क्षति पुगेको ३ वटा बिद्यालयहरुलाई प्रती बिद्यालय ४०००० (चालिस हजार)रुपैंया,बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४०००० (चालिस हजार)रुपैंया आर्थिक सहयोग गरिएको हो।

बाढीपहिरोबाट मृत्‍यु हुनेहरुका परिवारहरुलाई हेलम्बुमै गएर र बाढीपहिरोबाट क्षति पुगेको बिद्यालयहरुमै पुगेर असार १९,२०७८ (जुलाई-३,२०२१) शनिबार उक्त आर्थिक सहयोग हस्तान्तरण गारिएको हो।तेर्से माबी-तालामाराङ,ईस्ट पोईन्ट एकेडेमी-ग्याल्थुङ र सरस्वती माबी-ग्याल्थुङमा पुगेरै स्थानिय ब्यक्तित्व कुमार प्रसाद लामिछानेको समन्वयमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती लगाएत स्थानिय ब्यक्तिहरुको उपस्थितीमा सम्बन्धित बिद्यालयका प्रध्यानाध्यापक तथा बिद्यालय ब्यबस्थापना समितीका पधाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

आर्थिक रकम हस्तान्तरण कार्यक्रममा क्षती पुगेका बिद्यालयका प्रध्यानाध्यापकहरु र बिद्यालय ब्यबस्थापन समितीका पधाधिकारीहरुले बाढिपहिरोबाट बिद्यालयमा मानबिय क्षति नपुगे पनि बिद्यालयको भौतिक क्षति र अझै पनि हुन सक्ने सम्भाब्य क्षतिले सताइ रहेको तथा प्रारम्भिक चरणमा भौतिक संरचनाको संरक्षण तिर आफुहरुले ध्यान दिईरहेको बताए।त्यस्तै बाढिको कारण सबै भौतिक संरचना गुमाएको ईस्ट पोईन्ट एकेडेमी-ग्याल्थुङलाई अर्को सुरक्षित स्थानमा(सेरा बेसी)मा सार्ने प्रयास भईरहेको र भौतिक संरचना निर्माणमा सहयोग गर्न प्रध्यानाध्यापक दामोदर भारतीले अपिल गरे।”

मेलम्ची खोलाको लगातार कटानले चनौटे बजार पनि अति जोखिममा रहेको कारण स्थानिय हेलम्बु युबा समाजको सहकार्यमा बजार बचाउन नदीमा तार जाली लगाउने काम भैरहेकोले त्यसको पनि क्लबका ब्यबस्थापन समितीका पधाधिकारी रबिन कक्षपतीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

बाढिपहिरोको सम्भाबित क्षतीले अझै पनि ग्याल्थुङ, चनौटे र किउलका स्थानिय बासिन्दा त्रसित रहेको त्यहाँका स्थानियबासीहरुले बताएका छन भने सम्बन्धित निकायले छिट्टै यस प्रती ध्यान दिदै सके सम्मका सुरक्षाका उपायहरु अबलम्बन गर्दै सहयोग गर्न अपिल गरेका छन।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...