Saturday 28th September 2024

नेपाली श्रमिकका शव विदेशी भूमिमा अलपत्र


तितोपाटी- कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ ।

विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो । अन्य समानान्तर श्रम स्रोत मुलुक भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्स लगायतका देशले आफना मृतक श्रमिकको शव स्वदेश फकाईसके पनि नेपाल सरकारले भने गृहकार्य समेत अझै अघि बढाएको छैन । आंशिक रुपमा श्रम गन्तव्य लक्षित हवाई सेवा सुचारु भए पनि तीन मन्त्रालय बीच समन्वय नहुँदा यस्तो लाजमर्दो अवस्था सिर्जना भएको छ ।
मृतक श्रमिकका आफन्तले आफनो नातेदारको शव ल्याउन २ महिना अघि वैदैशिक रोजगार बोर्डमा उद्धारका लागि निवेदन दिएको भएपनि श्रम मन्त्रालय, परराष्ट्र« मन्त्रालय र नागरिक उडयन मन्त्रालय बिच तत्काल समन्वय नहुँदा मृतक श्रमिकको शव रोकिएको छ । वैदेशिक रोजगार बोर्डले मृतक श्रमिकको शव तत्काल ल्याउन श्रम गन्तव्य मुलुकका नेपाली नियोगमा पत्राचार गरेपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्य २ मन्त्रालयको उदासानिता देखाएका छन् । विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हवाई सेवा र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगार बोर्ड स्रोतका अनुसार, विदेशबाट शव ल्याउनका लागि बजेट व्यवस्थापन र स्वदेशमा मृतकको घरसम्म शव पु¥याउन बोर्ड तयारी अवस्थामा रहेपनि उच्च तहमा समन्वय नहुँदा शव रोकिएको छ । अन्य देशका मृतक श्रमिकको सम्बन्धित देशले आफना नागरिक शव उद्धार गरिसकेपनि नेपालमा मन्त्री परिवर्तन भइरहेको र सरकारको नेतृत्वले समेत कुनै चासो नदेखाउँदा यस्तो समस्या आएको बोर्डका एक अधिकारी बताउँछन् ।

हाल आउदी अरबमा ४६, मलेसियामा ४०, युएइमा ७ र कतारमा ४ मृतक श्रमिकको शव उद्धारको पर्खाइमा रहेको स्रोतले जनाएको छ । सरकारले शव ल्याउन ढिलो गरेपछि मृतकका आफन्तले सोभैm सम्बन्धित देशको नियोगमा समेत निवेदन दिएको पीडितले बताएका छन् । सरकारले नियमित हवाई सेवा हुन नसकेका कारण शव विदेशमा रोकिएको तर्क गर्दै आएपनि अन्य देशले भने विशेष एयरलाइन्सको व्यवस्था गरी आफ्ना मृतक श्रमिकको शव ल्याउने गरेका छन् ।
बोर्डबाट आर्थिक सहायता लिएका र हाल विदेशबाट शव ल्याउन बाँकी रहेका सहित हालसम्म लगभग २ हजार २ सय नेपाली श्रमिकको मृत्यु भएको छ । बोर्डबाट चालु आवको चैतसम्म श्रम स्वीकृतीको म्यादभित्र मृत्यु भएका १ हजार ७९ श्रमिकले ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता लिएका छन् । गत वर्ष भने ६५६ मृतक श्रमिकका परिवारले ४१ करोड ८४ लाख रुपैयाँ आर्थिक सहायता लिएका थिए । बोर्डबाट श्रम स्वीकृति अवधि भित्र मृत्यु भएका श्रमिकले मात्र आर्थिक सहायता पाउने गरेका कारण विदेशमा मृतकको संख्या अझ बढी हुने गरेको छ ।
कोरोना संक्रमण तथा अन्य कारणले विदेशमा दाहसंस्कार गर्ने श्रमिकका आफन्तलाई ७ लाख रुपैयाँ बाहेक थप ५० हजार सहायता दिएका कारण चालु आवबाट मृतकलाई दिने आर्थिक सहायताको खर्च समेत बढेको छ । वैदेशिक रोजगारी गई बिदामा स्वदेश फर्केर नेपालमा मृत्यु भएका, लकडाउनका कारण सहायता पाउन नसकेका र विदेशमा कोभिडका कारण मृत्युको संख्या बढेसँगै सहायता लिने श्रमिकको संख्या बढेको हो । विदेशमा दाहसंस्कार गरिएको मध्ये १५० भन्दा बढी श्रमिकको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो ।
साभार कारोबारदैनिकबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...