Tuesday 31st March 2026

कुवेतमा नेपाली प्रेमी-प्रेमीकाले गरे एकै दिन आत्महत्या


हरी कृष्ण न्यौपाने-नुवाकोटका रंजित घिमिरे र सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले कुवेतमा एकै दिन आत्महत्या गरेका छन। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेका र उनिहरुले जुन-२५,२०२१, शुक्रबार एकै दिन आत्महत्या गरेका हुन।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नंम्बर-१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नंम्बर-१०२०३३१५ का रंजित घिमिरेले जुन-२५,२०२१ शुक्रबार एकै दिन आत्महत्या गरेको जानकारी दूताबासमा आएको छ।उनिहरु प्रेम सम्बन्धमा रहेको भन्ने बारे कुनै जानकारी नभएको बताउदै सिलवालले भने” मृतक सोलुखुम्बुकी पेसी शेर्पाको शब नेपाल पुगी सकेको र अर्का मृतक रंजित घिमिरेको शब पठाउने प्रकृया शुरु भएको छ।”

मृतक रंजित घिमिरेका साथीले तीतोपाटी डटकमसंग भने”करिब ३ बर्ष पहिले कुवेत पुगेका मृतक रंजित घिमिरे एक बहुरास्ट्रिय कम्पनीमा कार्यरत थिए भने मृतक पेसी शेर्पा घरेलु महिला कामदारको रुपमा काम गर्थिन। उनिहरु बिच पटक-पट्क भेट हुने गरेको थियो र बिहे गरेर संगै बस्ने उनिहरुको योजना थियो।”उनले थपे’त्यो दिन प्रेमी-प्रेमिका भनिएका रंजित र पेसी शेर्पाबिच टेलीफोनमै झगडा भएको थियो ।त्यसपछि रंजितले स्थानिय समय साँझको ७ बजे तिर फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लागेर आत्महत्या गरेका थिए। त्यसलगत्तै उनकी प्रेमिका पेसी शेर्पाले पनि स्पोन्सर(घर मालिक)कै घरमा पासो लागेर आत्महत्या गरेकी भन्ने हामीले सुन्यौ।”

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...