Tuesday 31st March 2026

उत्तर अमेरिका व्यापी कविता प्रतियोगिता हुने


तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालाई दिइएको छ ।

संयोजक पूजाका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरि वाचनका लागि उत्कृष्ट दश कविको नाम सार्वजनिक गरिने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३ सय, दुई सय र एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...