Tuesday 31st March 2026

बाहरूको सम्मानमा कविता वाचन


तीतोपाटी डटकम-समाचारदाता,विश्व”बा” दिवसको अवसर पारेर अनेसासले शनिवार ‘कवितामा – बा’ कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवाद‍को ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्।

अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट, राजेन्द्रप्रसाद अर्याल, पदम विश्वकर्मा, पुरु सुवेदी, तीर्थराज अधिकारी, महेश पौडेल, कमला न्यौपाने, मोहराज शर्मा, हरिलाल शर्मा, राधा दुलाल कार्की, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पुष्कर बराल, गंगा लिगल, स्पन्दन विनोद, रमेश जोशी, मुक्ति ग‍ौतम, टीका आत्रेय र
राधिका गुरागाईले कविता वाचन गरे ।

अनेसासका सभापति प्रकाश पौडेल माइलाको सभापतित्वका सम्पन्न उक्त कार्यक्रममा राम लामा अविनाशी, प्रमोद सारंग, विमला निरौला, उर्मिला सुवेदी, गीता कार्की, सुशिला खड्का हसिना, राज श्रेष्ठ, जानुका ढुंगेल खनाल, रवीन्द्रभक्त श्रेष्ठ, कृष्णकुमार गिरी, चन्द्रा न्यौपाने, रश्मी रिमाल, डा. पूर्ण भण्डारी पंकज, सर्वज्ञ वाग्ले , प्रकाश पाण्डे, मुरारी सिग्देल, ललिता दोषी, गीता मैनाली, ऋृषभदेव घिमिरे, तीर्थराज पाण्डे, डन कार्की, इन्दिरा दाहाल , गोवर्द्धन पूजालगायतले पनि सिर्जना सुनाए ।

कार्यक्रममा वाचित कविताहरूको संग्रह प्रकाशित गरेर आगामी लक्ष्मीजयन्तीमा सार्वजनिक गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...