Friday 3rd April 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ११


गजल

मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि ।
मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि ।

भाग्यले जति दियो बाटुला, सबै मिलिजुली
तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि ।

नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै
तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि ।

आत्माको बन्धनमा हार, जित दिलको हुन्छ
सवाल हो प्रियसीको, चार्ने गर्छु तिम्रो लागि ।

अनावश्यक होइन माया, खाँचो हो मेरो लागि
मन जलिरहे पनि , टार्ने गर्छु तिम्रो लागि ।

सोमनाथ लुइटेल ´रवि´पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...