Monday 19th January 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ११


गजल

मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि ।
मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि ।

भाग्यले जति दियो बाटुला, सबै मिलिजुली
तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि ।

नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै
तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि ।

आत्माको बन्धनमा हार, जित दिलको हुन्छ
सवाल हो प्रियसीको, चार्ने गर्छु तिम्रो लागि ।

अनावश्यक होइन माया, खाँचो हो मेरो लागि
मन जलिरहे पनि , टार्ने गर्छु तिम्रो लागि ।

सोमनाथ लुइटेल ´रवि´पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...