Thursday 19th February 2026

महानन्द जयन्तीमा प्रतियोगितात्मक कवि गोष्ठी हुने


तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ  जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा  वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय  अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका सल्लाहकार रोहिणी शर्मा सापकोटाले प्रायोजन गर्नु भएको छ । कविता गोष्ठीमा सहभागिता जनाउन चाहने कविहरूले दुईसय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता कार्यक्रममा वाचन गर्न सक्नेछन्  ।
अनेसास जर्जिया च्याप्टरको सहयोगमा हुने कार्यक्रम अनेसासले सापकोटाको नाममा गर्दै आएको पाँचौ वार्षिक अनलाइन साहित्यिक कार्यक्रम हुनेछ ।
कार्यक्रममा  मोहन सिटौला ,  डा. शंकर सुब्बा फागो , महेश प्रसाई-,गीतादेवी सापकोटा ,राधेश्याम लेकाली ,संजीव सापकोटा , तेराखलगायतले सापकोटाका साहित्यिक योगदानबारे प्रकाश पार्नेछन् ।

नेपाली निर्वचन नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार  प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् ।  पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहावसान भएको थियो ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...