Monday 19th January 2026

हिउँकला हाँसी खतिवडाको गजल संग्रह – १


गरिबले पनि त धितो दिन्छ सम्हाली राख ।
दुश्मनहरू मर्ने बेलामा चाहिन्छ सम्हाली राख ।

भनि राख्नु नै पर्दैन सबैजनाले बुझ्न सक्नुपर्छ,
होसियार!बैँसालु जोवन बहकिन्छ सम्हाली राख ।

कमी छैन यहाँ पराईको अँगालोमा बाँधिनेहरूको
के थाह मन हो कतिबेला बद्लिन्छ सम्हाली राख ।

मित्र! मतलबी दुनियाँको के कुरा गर्नु र यहाँ धेरै,
मनमा बसेको मान्छे पनि त टाढिन्छ सम्हाली राख ।

आफ्नो विचार आफैले गर्नुपर्छ स्वार्थी दुनियाँमा,
थाहै हुन्न कतिखेर इज्जत लुटिन्छ सम्हाली राख ।

✍हिउँकला हाँसी खतिवडा
कैलाली


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...