Thursday 19th March 2026

एकैपल्ट श्रद्धाञ्जली र प्रसंशापत्र भाइरल सही की गलत?


नारायण कोइराला – सधै जसो आजपनि कामबाट लखतरान शरीर लिएर कोठामा पसे । कम्पनीको कपडा खोली बाल्टीमा राखी पानीले भिजाएँ । साबुन पानीले शरीर धोएपछि शरीर आराम खोज्दै थियो । म सँग भने थुप्रै काम थियो। किचनमा पसें । तातोपानी पिउने विचार गरेर पानी तताउन बसाले । किचन मलाई हेर्दै जिस्काए जस्तो लाग्थ्यो । भाँडाकुँडा यत्रतत्र छरिएका थिए । हुनपनि एकलकाँटे जीवनमा कसैले किन यस्तो गरिस् भन्ने कुरो पनि भएन ।

आधा लिटर पानी गिलासमा लिएर मोबाइल खोलें । आजपनि सधै जस्तो उस्तै समाचार थियो ।फेसबुकमा सयौ नोटिफिकेसन आएका थिए ।सबै हेर्न फुर्सत म सँग थिएन् ।सरसर्ती हेरें । होम पेजमा आएका समाचार हेर्न थालें।उही हार्दिक श्रद्धाञ्जली । उफ!कस्तो अवस्था दैनिक रूपमा हेर्नु पर्ने यी समाचार । हेर्दै जान्छु । मन रून्छ, फेरि सम्हाल्छु। पानी पिउँछु । मन शान्त हुन्न। होस् पनि कसरी। एकैदिनमा यतिधेरै मानिसको मृत्यु भएको खबर आएको छ।

सोच्छु फेरि,यस्ता पोस्टहरु नगर्दा पनि के फरक पर्छ। मैले सोच्दैमा अरुले राख्न छोड्ने कुरो पनि त भएन। पोस्ट देखेपछी हार्दिक श्रद्धाञ्जली त लेख्न नैं पर्यो । अन्तिमपल्ट पोस्ट भएको देख्न पाएको छु । मृत्यु पछि फेरि कसैले सम्झन्छ,सम्झन्न के थाहा? हार्दिक श्रद्धाञ्जली त अहिलेको अवस्थामा सामान्य कुरो जस्तो भएको छ । कहिले सम्म चल्ने हो थाहा छैन ।

अर्को तर्फ आजभोलि सामाजिक सञ्जालमा प्रशंसापत्रको पनि भाइरल भएको देखिन्छ । हुन त जताततै बन्द छ । सामाजिक सञ्जालमा मानिसहरू सक्रिय हुनु सामान्य कुरा हो । टाइम पास पनि गर्नु पर्यो । यहाँ सम्म त ठीक हो, राम्रो हो । साथीभाइ आपसमा भलाकुसारी पनि हुने भयो तर आजभोलि प्रसंशा पत्रको लहर नै चलेको देखिन्छ । टक्क फोटो,रंगिन अक्षर, ठूलो अक्षरमा प्रसंशा पत्र । यसो हेर्दा समय सापेक्ष नभएको जस्तो लाग्ने । एकातिर मृत्युका तस्बीर अर्को तिर रंगिन प्रशंसापत्र । प्रशंसापत्र पनि रातदिन काम गर्ने डाक्टर,नर्स,प्रहरी आदिलाई दिएको भए त चित्तपनि बुझ्ने थियो । ग्रुप, ग्रुपमा साथीभाइलाई प्रशंसापत्रको आदानप्रदान। हुन् त सबैका आफ्नो विचार हुन्छ । विचार राख्न पाउँनु पर्छ । प्रसंशा गर्नुपनि पर्छ । समय परिस्थिती पनि हेर्नु पर्ने हो कि?भन्ने मेरो विचार । विचार त मैले पनि राख्न पाउने भए । कुरो यति मात्रको हार्दिक श्रद्धाञ्जली र प्रशंसापत्रको एकैपल्ट एकै समयमा पोस्ट हुनु हामी आफ्नो समाज प्रति कतिको संवेदनशील छौ।

यिनै विचारको लडाइँ सँग मेरो आधा लिटर पानी पनि सकिएछ । अब फेसबुकको भाइरल पोस्ट तिर लागि रहयो भने पेट भोकै हुन्छ । मलाई जिस्क्यइरहेका भाँडाकुँडा पनि ठीक गर्नु छ। म किचन तिर लगे । मोबाइल चार्जर तिर ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...