Tuesday 17th February 2026

विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड नाघ्यो, ३३ लाख बढिको मृत्यु, १ करोड ७९ लाख बढि उपचाररत


तीतोपाटी – विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये ३३ लाख ३१ हजार भन्दा बढिको मृत्यु भएको छ । हाल सम्म १३ करोड ८० लाख ५८ हजार हजार भन्दा बढि मानिसहरूले कोरोनालाइ जित्न सफल भएका छन् । हाल १ करोड ७९ लाख ३५ हजार भन्दा बढि उपचाररत छन् ।

वर्ल्डमिटरका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित हुने अग्रपंतिका देशहरूमा पहिलोमा अमेरिका, दोश्रोमा भारत र ब्राजिल रहेका छन् । अमेरिकामा हाल सम्म ३ करोड ३५ लाख ५० हजार भन्दा बढि संक्रमित भएका छन् भने भारतमा २ करोड ३३ लाख ४० हजार भन्दा बढि संक्रमित भएका छन् । त्यसै गरि ब्राजिलमा १ करोड ५२ लाख ८५ हजार भन्दा बढि संक्रमित भएका छन् ।

कोरोनाको कारण सबैभन्दा बढि मानिस मरेका अग्रपंतिका देशहरूमा पहिलोमा अमेरिका दोश्रोमा ब्राजिल र तेश्रोमा भारत रहेका छन् । अमेरिकामा हाल सम्म ५ लाख ९६ हजार भन्दा बढिको मृत्यु भइ २ करोड ६५ लाख ५८ हजार भन्दा बढि कोरोना निको भइ घर फर्केका छन् । हाल अमेरिकामा ६५ लाख ९३ हजार भन्दा बढि उपचाररत छन् ।

ब्राजिलमा ४ लाख २५ हजार भन्दा बढिको मृत्यु भएको छ भने १ करोड ३८ लाख ४७ हजार भन्दा बढि कोरोना निको भइ घर फर्केका छन् । ब्राजिलमा हाल १० लाख १२ हजार भन्दा बढि मानिसहरू कोरोनाको उपचाररत छन् ।

त्यसै गरि गत मार्च महिनादेखि कोरोनाको हटस्पट बन्दै अाएको र एकै दिनमा ४ लाख भन्दा बढि संक्रमण तथा ४ हजार भन्दा बढि मृत्यु भइ उच्च रेकर्ड राखेको भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख ५४ हजार नाघेको छ भने भारतमा १ करोड ३७ लाख ७६ हजार भन्दा बढि मानिसले कोरोनालाइ जितेर घर फर्केका छन् । त्यहाँ हाल ३७ लाख ९ हजार भन्दा बढि मानिसहरू उपचाररत रहेका छन् ।

भारतको खुला सिमाको कारण दैनिक ज्याला मजदुरी र रोजगारीमा जानेहरूको नेपाल फिर्तीले प्रभाव परेको नेपालमा हालसम्म ४ लाख १३ हजार १ सय ११ जना संक्रमित भइ ४ हजार ८४ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनालाइ जित्नेको संख्या ३ लाख १२ हजार भन्दा बढि छ भने हाल ९७ हजार भन्दा बढि मानिसहरू उपचाररत रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...