Friday 26th April 2024

नेपाल कोरोनाको हटस्पट बन्दै, एकै दिन २२५ जनाको मृत्यु


तीतोपाटी – कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन्। विगत २४ घण्टाको अवधिमा मृत्यु भएको सङ्ख्या हालसम्मकै उच्च हो। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९ सय १४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...