Sunday 18th October 2026

नेपाल कोरोनाको हटस्पट बन्दै, एकै दिन २२५ जनाको मृत्यु


तीतोपाटी – कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन्। विगत २४ घण्टाको अवधिमा मृत्यु भएको सङ्ख्या हालसम्मकै उच्च हो। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९ सय १४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...