Tuesday 30th December 2025

महन्थ–राजेन्द्रले ओलीलाई भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ’


जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएको महताेले बताए ।

आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको उनले बताए । ‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौँ,’ महताेले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् ।

​जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् ।  जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...