Friday 26th April 2024

कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन, अध्यक्षमा भु्पेन्द्र राई


तीतोपाटी – नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ ।

धनकुटाको एकता र कुवेतमा कार्यरत घनकुटेहरूको दु:ख सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी कुवेतको माहबुला स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा मिती 05/05/2021को दिन भेला गरि भु्पेन्द्र राईलाई सर्व सम्मत रूपमा अध्यक्ष चयन गर्दै धनकुटा सेवा समाज कुवेत गठन गरिएको हो ।

संस्थाले गृह जिल्लामा सामाजिक र मानविय सेवाका कार्यहरूमा प्रवासबाट सक्दो सहयोग गर्ने, कुवेतमा कार्यरत जिल्लावासीहरू समस्यामा परेमा राहत उद्दार  गर्ने र कुवेतमा कृयाशिल अन्य नेपाली संघ-संस्थाहरु सँग हातेमालो गर्दै अघि बढ्ने जनाएको छ ।

नवगठित धनकुटा सेवा समाज कुवेतको कार्यसमिति निम्न बमोजिम रहेको छः

संरक्षक – मोहन कुमार राई
बरिष्ठ सल्लाहकार-रबिन्द्र राई
बरिष्ठ सल्लाहकार-एच हि राई
बरिष्ठ सल्लाहकार-रुद्र मगर
बरिष्ठ सल्लाहकार-उमेश राई
बरिष्ठ सल्लाहकार-रामजी राउत
बरिष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ
बरिष्ठ सल्लाहकार-राज कुमार राई
कार्यकारी समिती
अध्यक्ष -भुपेन्द्र राई
उपाध्यक्ष -हरी माझि/लोक राणा मगर
महासचिब -शान्ती राई
सचिब -चीरन गुरुङ
सह-सचिब – किरण बराईलि
कोषाध्यक्ष -ईन्द्र न्यौपाने
सह-कोषाध्यक्ष – बिक्रम मगर
सदस्य -राजेन्द्र मगर
सदस्य – सुन माया राई
सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ
सदस्य – सरोज राई
सदस्य – कमला राई


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...