Tuesday 13th October 2026

रचनाः आफैलाई सोध – इन्द्र बोन्तावा ‘देवा’


यदि सक्छौ भने आफैलाई सोध
मानवताको कर्तव्य के हो भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ ।

यदि सक्छौ भने आफैलाई हेर
आफ्नो प्रतिविम्व कस्तो छ भनेर
यदि सक्छौ भने उसलाई सोध
उसले मानव हुनुको अर्थ बुझिसकेको छ ।

यदि सक्छौ भने अगाडि बढेर हेर
आफ्नो लक्ष्यविन्दु कति टाढा छ भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले चन्द्रमामा पुगेर संसारलाइ देखाइसकेको छ

यदि सक्छौ भने सात्विक ज्ञान आर्जन गरेर हेर
यो जगत के का लागि उत्पति भयो भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले युगानुकुलको सफल जिन्दगी बिताइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...