Sunday 18th October 2026

कविताः गजब छ सरकार -नारायण कोइराला


धप, धप जल्दै छ धर्ती
आँसु र रुवाइको सामना गर्दै
खुल्ला जेलभित्र छट्पटीदै
कति बेला आउँछ कालको
निम्तो आफैले पर्खिएर
न हाँस्न सक्ने अवस्था छ
न बाँच्न सक्ने व्यवस्था
आफ्ना, आफ्ना छैनन
समय परिवेश नै यस्तो छ
सबै,सबैको सामुन्नेमा
छलिएर हिड्न पर्ने अवस्था छ
न कसैको हुन् सकिने
न कसैलाई सहयोग गर्न सकिने
हे!दुनिया कस्तो भयाे
आफ्नै आत्मा आफैं रुवाउने
मृत्युको मुखमा पुगे पनि
जल्न ठाउँ खोज्नु पर्ने
यो विचित्रको अवस्था
चीता माथि आगोको मुस्लो
धर्ती रगाउँदै छ

तर गजब छ यहाँ

यस्तो बेलामा पनि
राजनीतिक रोटी सेक्नु छ
कहाँ कसरी जनता जोगाउने होइन
सरकार जोगाउने होडबाजी छ
जनता रोडमा बन्द ,कोठामा रुदैछ
हे! सरकार अलिकति सरम गर
अहिले राजनीति होइन
जनता बचाऊ तिर लाग
यदि यो अवस्थामा जनताको
भएनौं भने चाहिँदैन यो राजनीति हामीलाई
केही त समय अनुसार चल
सबैको आँसु झार्ने होइन पुछ्ने कोसिस गर
गजब छ!सरकार भन्न पाइयोस्
धिकार छप, भनी तिम्लाई सराप्न नपरोस्।

नारायण कोइराला
तानसेन पाल्पा
हालः यूएई ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...