Wednesday 23rd September 2026

नेपालमा २४ घण्टामा अहिले सम्मकै धेरै कोरोना संक्रमित पुष्टि


तीतोपाटी – विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शनिवार एन्टीजन र पीसीआर विधिबाट गरी कुल १४,९६९ जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो। मन्त्रालयका अनुसार अहिले देशभरि ४३,२१३ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टाको अवधिमा १,२८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म देशभरि ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा छन्।

त्यसैगरी देशभरि होम आइसोलेशनमा ४०,१०३ जना छन भने संस्थागत आइसोलेशनमा ३,११० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले पाँच सयभन्दा बढी सङ्क्रमित उपचाररत रहेका १२ जिल्ला छन् भने दुई सयभन्दा बढी उपचाररत सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १६ रहेको मन्त्रालयले शनिवार जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...