Monday 17th November 2025

दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री


दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए। मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले सपथ लिन पाएका थिएनन्। बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्रेको थियो। १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

सपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो। २०७५ माघ १४ गतेमात्रै उनलाई प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको सपथ दिलाएका थिए।

२०६१ पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीवमाथि थियो। पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले पछि मुद्दा ब्युँतिँदा सपथ खान पाएका थिएनन्।

पुनरावेदनको सजाय सच्च्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले २०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर २०७५ वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ ग¥यो। नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए। प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए।

सुरुआती दिनमा राप्रपासँग निकट उनी कुनै बेला कांग्रेससमेत भएका थिए। गुरुङ २०७४ असोजमा एकाएक एमाले छिरेका थिए। तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा उम्मेदवार बने, पछि एमालेले समर्थन ग¥यो, अनि चुनाव जिते। २०७६ असार २० गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए। तर नेकपाले पार्टी प्रवेश गराएको पत्र संसदमा नदिएकैले राजीवले आफूलाई स्वतन्त्र बताउँदै आएका थिए।

-अन्नपूर्णपोष्ट


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...