Sunday 18th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २०


गजल
बहर – मीर
मात्रा – १४
काफिया:अन
तहलिली रदिफ: मा

गार्हो छ भुल्न जीबनमा।
धड्किरहन्छौं धड्कनमा।

आउँछ याद सधैं तिम्रो
तस्बिर सजिएछ नयनमा।

सपनामा पनि देख्छु तिमी
मेरै घरको आँगनमा।

जुधे नजरमा नजर जब
छुटेछ कम्पन तब तनमा।

गर्यौ कुरा मोहित पार्ने
अनि झट्का लाग्यो मनमा।

धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौं


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...