Friday 27th February 2026

होटेल तथा रेष्टुरेन्ट ८ बजेसम्म खुला, मास्क नलगाइ सरकारी कार्यालय छिर्न निषेध


तितोपाटी- सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम बनाएको छ । दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएउनुभएको हो।

उहाँका अनुसार ८ बजेपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । यसैगरी मास्क नलगाइ सरकारी कार्यालय प्रवेश गर्नेलाई निषेध गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेका निर्णयहरुबारे जानकारी दिँदै मन्त्री गुरुङले सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने बताउनुभएको छ ।

कुनै यात्रु मास्क नलगाइ सवारीमा प्रवेश गरेमा १० रुपैयाँको मास्क सवारी चालक/सहचालकले उपलब्ध गराउनु पर्ने भनिएको छ । साथै, मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख भछ ।

सरकारी कार्यालयसँगै डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाइएको छ । यसैगरी विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरिएको छ ।-न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...