Tuesday 1st September 2026

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ-आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।

प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ-आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ-आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...