Tuesday 7th July 2026

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिनालाई निलम्बन


नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ,’ उनले भने ।यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डको उत्पत्तिबारे सबैभन्दा प्रचलित वैज्ञानिक सिद्धान्त बिग ब्याङ्ग हो। यस सिद्धान्तअनुसार करिब १३.८ अर्ब वर्षअघि अत्यन्तै तातो र घना अवस्थाबाट…

दक्षिणी Daraa Governorate को पश्चिमी ग्रामीण क्षेत्रमा रहेको अब्दिन गाउँमा इजरायली सेनाका बख्तरबन्द गाडी र सैनिक प्रवेश गरेपछि स्थानीय बासिन्दा…

हिजो काम विशेषले नेपाली राजदूतावास पुग्ने अवसर मिल्यो। विदेशमा रहेका लाखौं नेपालीका लागि दूतावास भनेको आफ्नै देशको अनुहार हो। समस्यामा…

प्रतिकृयाहरू
...