Wednesday 31st December 2025

वैदेशिक रोजगारमा जाने सबैभन्दा बढी धनुषा र सिराहाका


तितोपाटी- अघिल्ला वर्षहरु जस्तै कोरोनाकालमा पनि मध्य तराई भनिने प्रदेश नं २ र प्रदेश नं १ अन्तरगतको पूर्वी पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारीमा बढी निर्भर देखिएका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो भने कोरोना कालमा पनि उक्त क्रम यथावत रहेको छ । सो क्षेत्रबाट मुलतः रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या बढी हुने गरेकोमा मलेसियाको रोजगारी बन्द हुँदा पनि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या देशका अन्य भागको तुलनामा बढी देखिएको छ ।

विगतका वर्षहरु जस्तै यसपटक पनि धनुषा र सिराहा जिल्लाबाट सबैभन्दा धेरै व्यक्ति रोजगारीका खोजीमा विदेशिएका छन् । फागुन महिनामा धनुषबाट ६ सय ३४ जना वैदेशिक रोजगारीका लागि गएका छन् । सिराहाबाट फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ सय ९२ जना रहेको छ । तेश्रो स्थानमा रहेको झापाबाट ४ सय २२ जना वैदेशिक रोजगारमा गएका छन् भने चौथो स्थानमा मोरङबाट ४ हजार ३ सय विदेशिएका छन् ।

यस्तै पाँचौ स्थानमा रहेको महोत्तरीबाट ३ हजार ६० जना, सुनसरीबाट ३ सय ३५ जना, सर्लाहीबाट २ सय ७६ जना गएका छन् । पश्चिम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशका नवलपरासी, दाङ, रुपन्देही कपिलवस्तु जिल्लाबाट पनि उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा गएका छन् ।

केही वर्षअघिसम्म भारतको हरियाणा र पञ्जाबलगायतका शहरमा धनुषा, झापा, मोरङलगायतका जिल्लाबाट युवा काम गर्न जाने गरेका भएपनि पछिल्ला वर्षहरुमा मलेसिया र खाडी मुलुकमा जाने युवाहरुको संख्या बढेको छ ।मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...