Sunday 28th December 2025

उच्च रक्तचापका कारण कुवेतमा एक नेपालीको मृत्यु


तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो।

उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

७ बर्ष देखी कुवेतमा विभिन्न कम्पनीमा, कार्यरत रहेका ३० बर्षिय ठकुरी केही दिन देखी उच्च रक्तचापका कारण कुवेतको आदान अस्पतालमा उपचाररत रहेका थिए।

ठकुरीको मृत्यु बारे कुवेत स्थित नेपाली दूतावासलाई प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी सवलाइ सके सम्म छिटो नेपाल पठाइने दूतावासका दृतिय सचिब श्री कृष्ण सिलवालले जानकारी दिएका छन्।

उच्च रक्तचापको कारण कुवेतको आदान अस्पातल भर्ना भएका ठकुरीको निधनको खबरले परिवार शोकमा डुबेको छ। घरमा मृतकका श्रीमती र एक छोरा छन्।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...