Wednesday 8th April 2026

कविताः कति? –इन्द्र बोन्तावा ‘देवा’


लक्ष्य यात्राका नागबेली वाटोहरु कठिन छ कति ?
उकालीमा सुस्केरा हाल्दै जानुछ कठिन छ कति ?

सम्झनाका श्रृङखलाहरु लगातार आउँछन कति ?
दुःख पिडा अनगिन्ती आउँछन कति हो कति ?

बेदनाको गीत होइन वीरताको कथा लेख्नु छ कति ?
अज्ञानतामा लठ्ठिनु छैन ज्ञान आर्जन गर्नुछ कति ?

यो जिन्दगीको अन्त कहाँ हो उदेश्य छ कति ?
पुग्नु पर्ने कहाँ हो बाटो लामो छ अझ कति ?

यो धरतीमा मानव हुनुको अर्थ छ यहाँ कति ?
वाँच्नु छ सिंगार्नु छ यहाँ जिन्दगीलाई कति ?

-इन्द्र बोन्तावा ‘देवा’
कटुञ्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...