Sunday 28th December 2025

कविताः कति? –इन्द्र बोन्तावा ‘देवा’


लक्ष्य यात्राका नागबेली वाटोहरु कठिन छ कति ?
उकालीमा सुस्केरा हाल्दै जानुछ कठिन छ कति ?

सम्झनाका श्रृङखलाहरु लगातार आउँछन कति ?
दुःख पिडा अनगिन्ती आउँछन कति हो कति ?

बेदनाको गीत होइन वीरताको कथा लेख्नु छ कति ?
अज्ञानतामा लठ्ठिनु छैन ज्ञान आर्जन गर्नुछ कति ?

यो जिन्दगीको अन्त कहाँ हो उदेश्य छ कति ?
पुग्नु पर्ने कहाँ हो बाटो लामो छ अझ कति ?

यो धरतीमा मानव हुनुको अर्थ छ यहाँ कति ?
वाँच्नु छ सिंगार्नु छ यहाँ जिन्दगीलाई कति ?

-इन्द्र बोन्तावा ‘देवा’
कटुञ्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...