Sunday 25th January 2026

सुशीला पाैडेलका ५ मुक्तकहरू


मुक्तक


यो धर्तीबाट सधैं बिदा लिन मन छ ।
आफूसँग भएको ज्ञान दिन मन छ।
ज्ञान जति दियो उति बढ्छ भन्छन्,
ज्ञान बाँडेर सदैब चिनिन मन छ।


जसले प्रेमीका ठान्यो मलाई।
उसले आज पराई मान्यो मलाई।
पागल प्रेमी हुँ भनि गुणगान गायो,
आज मुटुमा तीर हान्यो मलाई।


जति चोट दिए पनि सहन्छु म।
मेरो रगत पिए पनि सहन्छु म।
चोट दिने जति आफन्त नै हुन,
मेरो ज्यानै लिए पनि सहन्छु म।


राजनीतिमा छलफल त भइहाल्छ।
पार्टी पार्टीमा सधैं कल त भइहाल्छ।
सडक देखि सदन तताए पछि मात्र,
एकदिन समस्याको हल त भइहाल्छ।


आँशु बिक्ने शहर चाहिएको छ।
पीडा किन्ने शहर चाहिएको छ।
आँसु, वेदनाले छट्पटिएको बेला,
हाँसो जुट्ने शहर चाहिएको छ।

सुशीला पौडेल
अर्घाखाँची
हाल:-काठमाडौ


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...