Thursday 9th April 2026

गजल -माधब पाैडेल ‘असल यात्री’


मुतकारिब मुसम्मन सालिम
122 122 122 122

यँहा खेल खेले अघोरीहरूले ।
धमिल्याए पानी फोहोरीहरूले ।

तिमी उच्च पदमा निदाएछु भन्छौ
कँहा न्याय माग्ने ती छोरीहरूले ।

सिनेमा चटक हो यहाँ नै छ जमघट
शिखर बन्न सक्ला र तोरीहरूले ।

बढेको छ चिन्ता असाध्यै हियामा
म सुत्ने पहलमा छु लोरीहरूले ।

सदनमा तमासा सडकमा छ नाटक
के बाँध्ला ? त साङ्ला र डोरीहरूले ।

असल यात्री
सिन्धुपाल्चोक, नेपाल
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...